आइलेन्ड स्थापना

शेयेर गर्नुहोस


गणेश क्षेत्री, टीकापुर २३ फागुन /
अस्थाई ट्राफिक प्रहरी पोस्ट गोर्खामा आइलेन्ड स्थापना भएको छ
स्थानीय समाजसेवी , ब्यापारी शिबराज सिह बस्नेत को सहयोग मा उक्त आइलेन्ड को स्थापना भएको हो
शिबराज सिह ले भिडभाड हुने गरेकोले जताततै बाट आफ्नो अनुकूल बाटो काट्दा दुर्घटना हुनेभएकोले अस्थाई ट्राफिक प्रहरी पोस्ट का इन्चार्ज हल्दार किशोर बहादुर सिंह को अनुरोध मा आफुले २ लाख को लगानीमा आइलेन्ड बनाएर हस्तान्तरण गरेको बताएका छन् ।
सानो लापरबाही ले कयौ को ज्यान गयको छ भने कयौ ब्यक्ति अङ्गभङ्ग भएर बस्नु परेको छ तेसैले सवारिसाधन चलाउँदा जहिलेपनि ट्राफिक नियम पालना गरेर चलाउनुपर्ने शिबराज सिह बस्नेत को भनाइ थियो
ट्राफिक इन्चार्ज किसोर बहादुर सिह ले साबधानि हट्याे कि दुर्घटना घट्यो ! तेसैले सवारीसाधन चलाउदा अनिबार्य हेलमेट लगाउने , मादकपदार्थ सेवन गरेर सवारीसाधन नचलाउने , तिब्र गतिमा सवारीसाधन नचलाउने र होडबाजिमा ओभरटेक नगर्ने , सवारी चालक अनुमतिपत्र भएको ब्यक्ति ले मात्रै सवारीसाधन चलाउने गरेमा दुर्घटना न्युनिकरण हुने इन्चार्ज सिंहले बताए l गण्डकी प्रदेश ट्राफिक प्रहरी प्रमुख सुमन कुमार तिमिल्सिना को राजमार्ग सुरक्षा गन्डकिको मुलमन्त्र लघु सचेतना कार्यक्रम अन्त्रगत दुर्घटना न्युनिकरण गर्न जनचेतनामूलक कार्यक्रम ट्राफिक प्रहरी हरुले गरिरहेका छन्

Leave a Reply

Your email address will not be published. Required fields are marked *