उम्मेदवार भोट माग्दै स्थानीय दीर्घकालीन योजना माग्दै

शेयेर गर्नुहोस


झलनाथ खनाल, अछाम १३ कार्तिक /
अछामको रामारोशन गाउँपालिका वडा नं. १ का प्रेमबहादुर विकको २०७७ भदौ २ गते आएको कैलाश खोलाको बाढीले सबै खेत बगायो । रोपेको धानबाली सहित सबै खेत बगर बनेपछि निकै निराश हुनुभएका प्रेमबहादुरलाई बाढी आएपछि त्यहाँको वस्तुस्थिति बुझ्न पुगेका सांसद तथा मन्त्रीहरुले दिएको शान्त्वनाले थोरै राहत भयो । अनुगमन गरेर फर्केका सांसद तथा मन्त्रीहरुले राहत त के अनुहारसम्म नदेखिएको उहाँको गुनासो छ ।
“अरुका लागि कोहि केही नगर्दो रहेछ । सबौ आफ्ना लागि मात्रै रहेछन् ।” प्रेमबहादुरले भन्नुभयो, “हाम्रालागि हिजो कोहि गाउँ आएको भए हामिले केही शान्त्वना त पाउथ्यौं होला । आज आफ्ना लागि सबै गाउँमै छन् ।” उहाँकाअनुसार बाढीका कारण ७ रोपनी खेत यतिबेला सबै बगर बनेको छ । वडा नं. १ कै नयन विक पनि राजनीतिक दलका नेतहरुबाट सन्तुष्ट छैनन् । कैलाश खोलाको बाढीले खोला किनारसँगै जोडिएको चार रोपनी खेत बगर बन्यो । यतिबेला नयनको खेत भएकै ठाउँबाट कैलाश खोला बगिरहेको छ । चार रोपनी खेतमा लगाएको धानले उहाँको परिवारलाई वर्षभरी खान पुग्ने भएपनि अहिले खानकै लागि भौतारिनुपर्ने अवस्था आएको उहाँ बताउनुहुँन्छ ।
विपत्तिको समयमा कोहि सोधखोज गर्न नआएको बताउँदै चुनावको बेला सबै आफ्नै हु भनेर आउने गरेको नयन बताउनुहुँन्छ । “अहिलेसम्म जितेर गएकाले हाम्रो क्षेत्रका लागि के गरे भन्ने प्रश्न अहिलेका उम्मेदवारलाई हो ।” नयनले भन्नुभयो, “आज उम्मेदवारलाई हाम्रो भोट चाहिएको छ । हामीलाई राहत । दुई वर्षदेखि खेतिपाती बिहिन भएका हामीलाई कसैले के खायौं ? अवस्था कस्तो छ भनेर सोध्न सम्म आएनन् । आज सबै समस्याको समाधान हामी हौं भनेर भोट माग्न आएकाहरुलाई कसरी विश्वास गर्नु ?”
सोही ठाउँकी नाम सरा खनालको कैलाश खोलाको खेत थियो । ४० देखि ५० क्विन्टल धान फल्ने खेत एकदिनको बाढीले बगर बन्यो । बालबालिकाको पढाइलेखाइ देखि घर खर्चको माध्यम नै त्यहीँ खेतबाट उत्पादन भएको बस्तु थियो । खेत बाढीले बगर बनेपछि उहाँका सबै सपना त्यहीँ बाढीमा बगेका छन् । जनजीवनसँग जोडिएको खेत बगर बन्दासम्म के भयो भनेर सोध्न समेत कोहि नआएको बताउँदै चुनाव लागेपछि सबै शान्त्वना दिन र भोट माग्न आउन थालेको उहाँ बताउनुहुँन्छ । “खानको लागि घरमा अन्न छैन । उत्पादन गर्नका लागि खेत छैन । हामिलाई खानको चिन्ता छ । नेताहरू भोटको अपेक्षा गरेर आउँछन् ।” नामसराले भन्नुभयो, “मतदान गर्नु हाम्रो अधिकार हो । अब काम गर्नसक्ने क्षमता भएको उम्मेदवारलाई भोट हाल्छौं । जसले जनताको समस्यालाई आफ्नो सम्झन सकोस् ।”
कैलाश खोलाको त्रासमा आज पनि तटीय क्षेत्रका स्थानीय निकै त्रासमा छन् । बाढीले अस्तव्यस्त भएको रामारोशन अझै पुरानो लयमा फर्कन सकेको छैन । संघ र प्रदेश सरकारसँग पटकपटक दीर्घकालीन तटबन्धका लागि आग्रह गर्दा समेत कतैबाट सुनुवाइ नभएको स्थानीय अगुवा दाताराम खनाल बताउनुहुँन्छ । “यो दुई वर्षको अवधीमा धेरै उचित व्यवस्थापनको लागि निकै प्रयासहरु भए । तर ती प्रयास सफल कहुन सकेनन् ।” दातारामले भन्नुभयो, “प्रदेशले कार्यकर्ता रिझाउने टुक्रे योजना आर्थिक वर्षको मसान्तमा ल्याउने गरेको छ । प्रभावकारी कामका लागि नभई त्यो पनि बजेट सक्नका लागि ।”
उहाँले राजनीतिक पार्टी भन्दा क्षमता भएको उम्मेदवारलाई मतदान गर्न आफू बिकटकालाई आव्हान गरेको बताउनुभयो । “हाम्रो समस्या कैलाश खोला हो । जसले खोला नियन्त्रणका लागि ठोस योजनाका साथ आउँछ त्यसैलाई भोट हाल्छौं ।” खनाल भन्नुहुन्छ, “अब पार्टीको निर्देशन भन्दा उम्मेदवारको एजेण्डालाई आधार बनाएर मतदान गर्छौं ।” त्यसबेलाको बाढीले क्षति पुर्याएको जयगड, रामारोशन सडक अझै सुचारु हुन सकेको छैन । हिउँदको समयमा अल्पकालीन खोला किनारबाट अस्थायी ट्र्याक खोलेर सवारीसाधन सञ्चालनमा आउने गरेपनि सहज रुपमा सडक संजाल विस्तार हुन सकेको छैन । सुदुरपश्चिम प्रदेश सरकारको लागतमा जयगड मुजाबगर सडक कालोपत्रेको काम सुरु भएको तीन वर्ष हुँदा पनि खोलाको कटानलाई देखाएर निर्माण कम्पनीले काम नै बन्द गरेको छ ।
बाढीले कटान गरेको कैयौं ठाउँमा नयाँ ट्र्याक खोल्नुपर्ने भएका कारण पनि सडक निर्माणले गति लिन सकेको छैन । यतिबेला उक्त क्षेत्रबाट गठबन्धनको तर्फबाट संघतर्फ शेरबहादुर कुँवर, नेकपा एमालेको तर्फबाट झपट बहादुर बोहरा मुख्य प्रतिस्पर्धामा छन् भने प्रदेश “क” बाट गठबन्धनबाट नेपाली काँग्रेसका मेघराज खड्का, नेकपा एमालेबाट टेकबहादुर कुँवर र प्रदेश “ख” बाट गठबन्धनका नेकपा माओवादी केन्द्रका झपट साउँद, एमालेका कृष्णप्रसाद जैशी प्रतिस्पर्धामा रहेका छन् ।

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *