खेलकुदले चिनिएका खेलाडी

शेयेर गर्नुहोस

झलनाथ खनाल
टीकापुर १२ माघ /
नेपाली क्रीकेट टिमका पुर्ब प्रशिक्षक जगत टमटाले क्रीकेट खेल इन्डियाबाटै सुरु भयो । उहाँले कैलालीको टीकपुरमा आएर आफ्नो क्रीकेट करियरलाई अगाडि बढाउनुभयो । स्थानिय स्तरमा थुप्रै खेल खेलेका जगतले राष्ट्रिय टिममा रहेर क्रीकेटलाई थप उचाईमा पुर्याउन महत्त्वपूर्ण भुमिका खेल्नुभयो । ” त्यो समयमा खेलकुदका लागि स्रोतसाधन थिएन । तर खेलप्रतिको आकर्षण धेरै थियो ।” टमटाले भन्नुभयो, ” अहिले संरचनागत बिकासमा सरकारको ध्यान अझै गएको देखिदैन । खेलाडीमा उत्सुकता धेरै छ । मोफसलमा भबिस्य नदेखेका खेलाडी काठमाडौ केन्द्रित भएका छन । उहाँले खेलकुद मैदान नभएकै कारण खेलाडी ले आफ्नो क्षमता देखाउन नपाएको बताउदै खेलाडीलाई निगरानीमा राख्न आवश्यक रहेको बताउनुभयो ।
२०५८ सालसम्म क्रीकेट खेलाडीको रुपमा रहनुभएका टमटाले २०५५ साल देखि नै प्रशिक्षणको काम थाल्नुभयो । उहाले ४ बर्ष नेपाली क्रीकेटको नेतृत्व गरेको बताउदै सुदुरपश्चिम खेलाडीहरुको हब नै भएको बताउनुभएको छ । ” अहिले पनि जुनसुकै खेलमा सुदुरपश्चिमबाट ३/४ खेलाडी छनोट हुँदै आउनुभएको छ । यो सुदुरपस्चिमको लागि खुसीको कुरा पनि हो । ” टमटाले भन्नुभयो ” तर सुदुरपश्चिममा कतै पनि खेलकुद मैदानको ब्यबस्थापन हुन सकेको छैन । यस्ले खेलाडीहरुलाई आवश्यक तयारीका लागि बाधा पुग्दै आएको छ ।” उहाँले टीकापुरको खड्ग स्मृति रंगशाला निर्माण सम्पन हुन सके खेलाडीका लागि सुनौलो अवसर हुने बताउनुभएको छ ।
पुर्ब प्रशिक्षक टमटाले अहिले नियुक्त हुनुभएका नेपाली क्रीकेटका प्रशिक्षकबाट नेपाली क्रीकेट जगतले धेरै आशा गरेको बताउनुभयो । ” उहाँसंग क्रीकेटको राम्रो अनुभव छ । त्यो अनुभवलाई तान्न सक्ने क्षमता खेलाडीहरुमा पनि भर पर्छ ।” टमटाले भन्नुभयो, ” प्रशिक्षकले मात्र चाहेर पनि सबै कुरा हुन्छ भन्नू गलत हो । प्रशिक्षकले गरेको निर्देशनलाई खेलाडीले कति पालना गर्ने भन्ने पनि प्रमुख रहन्छ ।
कैलालीको जानकी गाउँपालिका खैरिफाटका बिष्णु भाट १७ बर्षको उमेर देखि भलिबल खेल खेल्दै आउनुभएको छ । सानैमा गाउँमा मोजाको भकुण्डो भनाएर खेल्न सुरु गर्नुभएका भाटले २०५७ मा पहिलो भलिबल प्रतियोगिता गाबिस स्तरीय खेल्नुभएको थियो । त्यसभन्दा पछि उहाँ क्षेत्रीय हुँदै राष्ट्रिय स्तरको खेलमा समेत थुप्रै खेल खेल्नु भयो । त्यति मात्र नभई सुदुरपश्चिमबाट राष्ट्रिय कप्तानको अवसर समेत पाएको भाट बताउनुहुन्छ ।
“खेल पनि एक नशा जस्तै हो । जहाँ भबिस्य छैन भन्ने थाह पाउदापाउदै पनि लागिसकेपछी छोडन सकिँदैन । ” बिष्णुले भन्नुभयो, ” पहुँचकै आधारमा खेलाडीले अवसर पाउछन् । राम्रो सम्भावना भएको खेलाडी अहिले पनि ओझेलमा परेका छन ।” उहाँले पहिलेको भन्दा अहिले खेलकुद गतिविधिहरु हुने गरेको भएपनी खेलाडीका लागि नभई बजेट खर्च गर्ने माध्यम खेलकुदलाई बनाउदै लगिएको बताउनुभएको छ ।
टीकापुरका गजेन्द्र शाही (गज्जु) ले मेयरकपबाट फुटबल खेल सुरु गर्नु भएको थियो । उहाँले फुटबल खेल्दै जादा थुप्रै फुटबल प्रतियोगिताहरु खेल्ने अवासर पनि पाउनुभयो। गजेन्द्रले ए डिभिजन लिग सम्मको फुटबल यात्रा पुर्याएको बताउदै सुदुरपश्चिमलाई मेडल जिताउन सफल भएको बताउनुभयो । ” २०७१ मा सुदुरपश्चिमबाट राष्ट्रिय लिग खेलेको थिए । मुख्यमन्त्री कपको सुदुरपश्चिमको कप्तनी मैले गरेको थिए ।” गजेन्द्रले भन्नुभयो, ” पाँच बर्षदेखी सुदुरपश्चिमको कप्तानको रुपमा रहेको छु । अहिले प्रदेश लिगको तयारी पनि गर्दै छौ ।” सर्वाधिक धनराशिको खप्तड गोल्डकप २०७६ को उपाधी पनि गजेन्द्रले कप्तानी गरेको टिमले हात पार्न सफल भएको थियो । उहाँले पहिलेका खेलकुदका गतिविधि हेर्नेहो भने अहिले खेलकुद क्षेत्र स्थानिय क्षेत्रबाट हराउदै गएको जस्तो देखिएको बताउनुभएको छ । टीकापुरलाई चिनाउन खेलकुद क्षेत्रको भुमिका महत्त्वपूर्ण रहेको बताउनुभएको छ ।
टीकापुरको बिरेन्द्र बिध्यामन्दिर माद्यामिक बिद्यालयमा अध्यापन गराउदै आउनुभएका शिक्षक अर्जुन ठकुल्लाको खेलकुद क्षेत्रमा ठूलो योगदान छ । सेपेकताक्रो खेलका अन्तरास्ट्रिय रेफ्री समेत रहनुभएका अर्जुनले थुप्रै खेलाडीहरुलाई उत्प्रेरणा दिनुभएको छ । टीकापुरबाट एथलेटिक्समा सिमा चौधरी, सेपेकताक्रोमा गंगा चौधरी, मुकुन्द गौतमलाई राष्ट्रिय स्तरको खेलमा सहभागी गराई उपाधी जिताउन सफल हुनुभएका अर्जुनले आर्थिक अबस्थाका कारणले कैयौं खेलाडीहरु विस्थापित हुँदै गएको बताउनुभएको छ । “थुपै खेलाडीहरुमा सम्भावनाहरु छन तर आर्थिकले तिनलाई खेल क्षेत्रमा बन्देज बनाइदिएको छ ।” अर्जुनले भन्नुभयो, ” स्रोतसाधनको अभाव, स्थानिय सरकारको उदासिनताले पनि खेल क्षेत्र अगाडि बढ्न सकेको छैन ।” कैयो पटक अर्जुलने खेलाडीहरुलाई आफ्नै खर्चमा प्रतियोगिता लड्न पुर्याउनुभएको छ । एथलेटिक्सको एसिया रेफ्री समेत रहनुभएका अर्जुनले बाहिरबाट खेलाडीहरुलाई टीक्न समस्या हुँदै गएकोले आर्मी प्रहरीमा सम्मलित गर्दै गएको बताउनुभएको छ । भलिबल खेलका राष्ट्रिय खेलाडी समेत रहनुभएका उहाले सरकारको खेलाडीहरुमा उचित लगानी हुनसके नेपालले खेलकुद क्षेत्रलाई अझै ससंत बनाउन सक्ने बताउनुभयो । २२ बर्ष देखि शैक्षिक पेशामा रहनु भएका ठकुल्लाले यहि माघ ५ गतेबाट स्वछिक अवकाश लिनुभएको छ ।
टीकापुर नगरपालिका नारायणपुरका देबेन्द्र टमट्टाले १६ बर्षको उमेर देखिनै क्रीकेट खेल्न सुरु गर्नुभयो । बुवाबाट क्रीकेट खेलमा उत्प्रेरित हुनुभएका देबेन्द्रका बुवा जगत टमटा नेपाली क्रीकेट टिमको पुर्ब प्रशिक्षक हुन । सानै उमेरमा साथीहरूसंग खेल्दै आएका देबेन्द्रले पनि राष्ट्रिय स्तरका प्रतियोगितामा समेत सहभागी हुने अवसर प्राप्त गरेपनी बिस्तारै खेलबाट बिदा लिनुपर्यो । ” खेल क्षेत्र र खेलकुद क्षेत्रको बिकासका लागि धेरै प्रयासहरु गरियो तर सफल हुन सकिएन । त्यसैले पनि मैले क्रीकेट खेल्न छोड्नुपर्यो ।” देबेन्द्रले भन्नुभयो, “अहिले क्षेत्रीय प्रशिक्षकको काम गर्दै आएको छु । जति सजिलो बाहिरबाट हेर्दा खेलाडीहरुमा देखिन्छ त्यस्तो सहजता भित्रबाट छैन । “
सातौ राष्ट्रिय खेलकुदमा खाली खुट्टा दौडिएर तेस्रो स्थान हासिल गर्न सफल हुनुभएकी सिमा चौधरी मुक्तकमैया सिबिरमा बस्दै आउनुभएको छ । आर्थिक अबस्था कम्जोर भएकै कारण प्रतियोगिताको लागि सिमाले एक जोर जुत्ता समेत किन्न सक्नुभएन । सातौ राष्ट्रिय खेलकुद आयोजना हुदा सिमाको उमेर १५ बर्षको मात्र थियो । १९ बर्षिया सुमाले गत बर्षको राष्टपती रनिङ सिल्डमा स्वर्ण पदक जित्न सफल हुनुभएको थियो । सानै देखि दौडमा रुचि भएको बताउदै उहाले खेलाडी बन्छुहोला भन्ने कुनै आस पनि आफुमा नभएको बताउनुभयो । ” कक्षा ८ सम्मा गाउकै स्कुलमा पढे । त्यसपछि अर्जुन ठकुल्ला सरले बिरेन्द्रमा बोलाउनुभयो ।” सिमाले भन्नुभयो, ” उहाँकै निगरानीले मलाई खेलाडी बनायो । राष्ट्रिय स्तर खेलहरुमा सहभागी हुने अवसर जुर्यो ।” अहिले पनि सिमाका बुवा आमा घरमा छैन । उहाँहरु मजदुरी गर्न धनगढीमा हुनुहुन्छ भने घरमा हजुरआमा र आफुमात्र भएको सिमा बताउनुहुन्छ । ” बुवा आमाले कमाएकोले घर मै पुग्दैन। मलाई कहाँबाट पैसा दिनुहुन्थ्यो ।” सिमाले भन्नुभयो, ” दौडमा राम्रो गर्न सक्छु भन्ने साहस छ । तर पैसा नभएर केही नहुदो रहेछ ।” अहिले सिमाले सशस्त्र प्रहरीको तयारी गर्दै आएको बताउनुभयो ।”
यी माथीका खेलाडीहरु प्रतिनिधि पात्र मात्रै हुन । उहाँहरु जस्ता थुप्रै खेलाडीहरुले सुदुरपश्चिमको मात्र नभई राष्ट्रलाई नै चिनाउने काम गरेका छन । नेपाली क्रीकेट टोलिका पुर्ब प्रशिक्षक जगत टमटाको खेल यात्रा पनि कैलाली बाटै सुरु भएको थियो । सुदुरपश्चिमले थुप्रै खेलाडीहरु जन्माएको छ । अवसर र आर्थिकले खेलाडीहरु खेल क्षेत्रमा टीक्न सकेका छैनन । तत्कालीन टीकापुर नगर बिकास समितिले खड्ग स्मृति रंगशालाको लागि २२ बिघा जग्गा टीकापुर खेलकुद बिकास समितीको नाममा समेत छुट्याइएको छ । जग्गा भएपनी खेलकुद गतिविधिका लागि आवश्यक संरचना निर्माण हुन नसक्दा अहिले खड्ग स्मृति रंगशाला जङ्गलमा बनेको छ । गत आर्थिक बर्षमा संघीय रसकार ५० लाख र टीकापुर नगरपालिकाको ३० लाखको लागतमा रंगशालामा माटो पटानी तथा तारबारको काम भएपनी त्यसपछि रंगशालाको स्तर उन्नतिको लागि कुनै पहल भएको छैन । नगर खेलकुद बिकास समितिका अध्यक्ष लक्ष्मण थापाले रंगशालामा आवश्यक पुर्बाधार निर्माणको काम भइरहेको दाबी गर्नुभएको छ । ” रंगशाला निर्माणको काम भइरहेको छ । अबको केही बर्षमै सबै खेलकुदका कार्यक्रम रंगशालाबाटै हुनेछन ।” अध्यक्ष थापाले भन्नुभयो, ” रंगशाला निर्माण भएपछि खेलकुद क्षेत्रमा देखिएका समस्या समाधान हुँदै जानेछन । अहिलेको समस्या पनि खेलकुद मैदान नहुनु नै हो ।”
टीकापुर क्षेत्रमा संचालन हुने अधिकांश खेलकुदका कार्यक्रमहरु बिरेन्द्र बिध्यामन्दिरको खेलमैदानमा हुने गरेका छन । नगरपालिकाको आयोजनामा हुने मेयर तथा उपमेयर कपका लागि पनि बिरेन्द्रको खेलमैदान प्रयोग हुने गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *