शेयेर गर्नुहोस
लक्ष्मण बि क
टीकापुर २१ माघ / जलवायू परिवर्तन तथा उत्थानशीलता विद्यमान नीति, योजना र प्रयासहरु सम्बन्धी कार्यशाला गोष्ठी टीकापुरमा मंगलबार सम्पन्न भएको छ ।
सामाजिक विकास तथा अनुसन्धान केन्द्र बाँकेको (सीएसडीआर) आयोजना तथा प्राक्टिकल एक्शन, यूएन इन्भाइरोमेन्ट र जेड जुरिकको संयुक्त साझेदारीमा भएको कार्यशाला गोष्ठीलाई स्वागत गर्दै सीएसडीआरका अध्यक्ष लालमणी भण्डारीले आफूहरुले बर्दिया र कैलालीका गरी चारवटा पालिकाहरुमा काम गर्दै आइरहेको बताउँदै कर्णाली नदीको जलधारमा विगत ८÷१० वर्षदेखि जलवायू परिवर्तन तथा जनउत्थानशीलता सम्बन्धी काम गर्दै आइरहेको बताएका छन् । उनले आफूहरुले सामान्य रुपमा काम गर्दै गरेको बताउँदै त्यसको पूर्णरुपले काम स्थानीय पालिकाहरुले गर्दै आएको बताएका छन् ।
कार्यक्रममा सुदूरपश्चिम प्रदेशका भोजराज पाठकले प्रदेश सरकारबाट जलवायू परिवर्तन तथा जनउत्थानशीलता सम्बन्धी हुँदै आएका कार्यक्रमहरु सम्बन्धी जानकारी दिँदै मन्त्रालयले कार्य क्षेत्रसँग सम्बन्धित संवैधानिक व्यवस्था गर्दै आएको जसमा संविधानको अनुसूचि ६ (प्रदेशको एकल अधिकारको सूचि) को क्रम संख्या १९ मा राष्ट्रिय वन, जल उपभोग तथा वातावरण सम्बन्धी उल्लेख भएको कुरा जानकारी दिएका छन् । उनले जलवायू परिवर्तनसँग सम्बन्धित क्षेत्रमा प्रदेश सरकारको प्रयास रहेको भन्दै प्रदेश वातावरण संरक्षण अध्यादेश २०७७ जारी गरेको बताउँदै वातावरणीय प्रदूषण वा हावाहुरीबाट हुने क्षति वाफत पीडितलाई प्रदूषकबाट क्षतिपूर्ति उपलब्ध गराउने व्यवस्था समेत रहेको जानकारी गराएका छन् । उनले वातावरण र विकासबीच समुचित सन्तुलन कायम गर्न प्राकृतिक, वातावरण र जैविक विविधतामा पर्ने प्रतिकूल वातावरणीय प्रभाव न्यूनीकरण र अनुकूल प्रभावलाई बढावा दिन प्रदेश सरकारले जलवायू परिवर्तनको चुनौतीलाई न्यूनीकरण र अनुकूलनका माध्यमबाट सामना गर्ने बताएका छन् ।
त्यस्तै, प्रदेश सरकारको तर्फबाट लुम्बिनी प्रदेशका सन्दिप बासुकलाले कार्यक्षेत्रको आधारमा प्रदेश सरकारले (कार्य विभाजन) नियमावली २०७४ अनुसार मन्त्रालयको कार्यक्षेत्र औद्योगिक विकास र प्रबद्र्धन, पर्यटन विकास र प्रबद्र्धन, वन सम्पत्ति जैविक विविधता र जलाधार व्यवस्थापन, वातावरण संरक्षण तथा जलवायू परिवर्तन र खानी तथा खनिज अन्वेशषण व्यवस्थापन र प्रबद्र्धन गरी ६२ वटा कार्य क्षेत्रमा प्रदेश सरकारले कार्य गर्दै आइरहेको जानकारी दिएका छन् । उनले वातावरण संरक्षण तथा जलवायू परिवर्तन सम्बन्धी हानिकारक पदार्थहरुको नियमन तथा व्यवस्थापन, वातावरणीय जोखिमका लागि तयारी तथा उद्धार र वातावरण संरक्षण क्षेत्रको अध्ययन, अनुसन्धान, क्षमता अभिबृद्धि लगायतका शीर्षकमा जलवायू परिवर्तन सम्बन्धी काम गर्दै आइरहेको बताएका छन् ।
टीकापुर नगरपालिकाकी निर्मला चौधरीले नगरपालिकाद्वारा जलवायू परिवर्तन तथा उत्थानशीलता सम्बन्धी पालिकाले कुन–कुन क्षेत्रमा के कति काम गरेको छ ? भन्ने कुराको जानकारी दिँदै टीकापुर नगरपालिकामा विपत जोखिम न्यूनीकरण तथा व्यवस्थापन ऐन २०७५, बिपत व्यवस्थापन कोष (सञ्चालन) कार्यविधि २०७६, स्थानीय बिपत जलवायू उत्थानशील योजना २०७६, नगरको बृहत आवधिक योजना (५.५.२ बिपत तथा आपतकालीन व्यवस्थापन) र जलचर एवम् जलीय जैविक विविधता संरक्षण सम्बन्धमा व्यवस्था गर्न बनेको ऐन २०७६ जारी गरेको बताएकी छन् ।
त्यसैगरी, राजापुर नगरपालिका–का प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी, जानकी गाउँपालिकाका अध्यक्ष प्रदिपकुमार चौधरी र गेरुवा गाउँपालिकाका
प्रकाश शर्माले बिपतका बेला आएको बाढी पहिरोले बिस्थापित भएका जग्गामा मालपोत कर ७५ प्रतिशत छुट दिएको व्यवस्था सम्बन्धी जानकारी दिएका छन् ।