शेयेर गर्नुहोस
समाधान समाचार, टीकापुर ११ असार /
कैलालीको टीकापुर नगरपालिकाको एघारौं नगरसभा अधिवेशनले आर्थिक वर्ष २०७९/०८० को नीति तथा कार्यक्रम सहितको बजेट ल्याएको छ ।
नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ८५ करोड ८ लाख ८४ हजार १ सय ६० रुपैयाँको बजेट ल्याएको हो ।
नगरसभामा प्रस्तुत बजेटमा संघीय अनुदानबाट वित्तीय समानीकरणमा २१ करोड १९ लाख, सशर्त अनुदानमा चालु २६ करोड ३४ लाख र पुँजीगत ४ करोड ६६ लाख, राजश्व बाँडफाँडमा १४ करोड २१ लख ५८ हजार, विशेष अनुदानमा २ करोड र समपुरक अनुदानमा ८० लाख रुपैयाँ सीमा अनुमान गरिएको छ । त्यस्तै सुदूरपश्चिम प्रदेश सरकारबाट वित्तीय समानीकरणमा १ करोड ५७ लाख ९७ हजार, राजश्व बाँडफाँडमा ९१ लख ५९ हजार, समपुरकमा ३० लाख र विशेष अनुदानमा ५० लाख सीमा अनुमान गरिएको छ । नगरपालिकाको आन्तरिक श्रोतबाट ७ करोड ५० लाख ७० हजार १ शय ६० रुपैयाँ, मालपोत रजिष्टे्रसन ३ करोड ७५ लाख, वचत हुने अनुमान ८२ लाख र वन रोयल्टीबाट २० लाख प्राप्त हुने अनुमान गरिएको छ ।
नगर सभामा प्रस्तुत बजेटमा विपद व्यवस्थापन कोषमा १ करोड ५० लाख, समपुरक कोषमा ७ करोड विनियोजन गरिएको छ ।
नगरपालिकाले नगरपालिका तथा वडाको साधारण चालू खर्चमा १४ करोड २० लाख, नगरपालिका प्राथमिकता निरन्तर चालू तथा पुँजीगत तर्फ ९ करोड १५ लाख ८७ हजार १ सय ६० रुपैयाँ गरि २३ करोड ३५ लाख ८७ हजार १ सय ६० रुपैयाँ विनियोजन गरिएको छ । त्यस्तै कुल पुँजीगत तर्फ २७ करोड १ लाख ९७ हजार विनियोजन गरिएको छ । पुँजीगत रकमको वडाको लागि ७ करोड, समपुरकमा ७ करोड, नगर गौरवका आयोजना कार्यान्वयनका लागि ७ करोड २० लाख, नगरस्तरिय आयोजनाको लागि २ करोड ६१ लाख ९७ हजार र विषयगत शाखाको लागि ३ करोड ४१ लाख बजेट विनियोजन गरिएको छ । वडाको पुँजीगत तर्फको ७ करोडबाट ३ करोड ७८ लाख पुर्वाधार तर्फ, १ करोड ४० लाख, सामाजिक विकास तर्फ १ करोड ४० लाख, बाताबरण तथा विपतको क्षेत्रमा २१ लाख र संस्थागत विकास सेवा प्रवाह र सुशासनमा २१ लाख बजेट विनियोजन गरेको छ ।
नगरपालिकाले विषयगत शाखा तर्फ कृषि क्षेत्रमा ३० लाख, पशु विकासमा १५ लाख, शिक्षामा ४० लाख, महिला बालबालिका तथा जेष्ठ नागरिकमा २० लाख, स्वस्थ्य तर्फ ७० लाख, टीकापुर पार्कको लागि २० लाख, सूचना प्रविधिमा २० लाख, न्यायीक समितिमा २० लाख, प्राकृति चिकित्सा तथा आयुर्वेदमा ८ लाख, फोहोर मैला व्यवस्थापन र वन संरक्षणमा २० लाख बजेट विनियोजन गरिएको छ । त्यस्तै गरी उपभोक्ता हित संरक्षणमा ३१ लाख ५० हजार, नगरपालिकाको सेवा प्रवाहमा सहजताको लागि ८ लाख, सामाजिक सुरक्षा र पंजिकरणमा ७ लाख ५० हजार, प्राविधिक क्षमता विकासमा १६ लाख, राजस्व प्रणालीमा १५ लाख बजेट विनियोजन गरिएको छ ।
नगरपालिकाले यसअघिका जनतासँग जनप्रतिनिधि कार्यक्रम, महिला हिंसा न्यूनिकरण, अनाथ असहाय छात्रवृत्ति, निःशुल्क रक्त संचार, सडक मानवमुक्त नगर, हाम्री छोरीः प्यारी छोरी, सामुदायिक पशु व्यवस्थापन, होम टु हस्पिटल, टीकापुर अस्पताल चिकित्सक सहयोग, प्राविधिक शिक्षा छात्रवृत्ति, आमा बुवासँग उपमेयर, उज्यालो टीकापुर जस्ता कार्यक्रमलाई निरन्तरता दिएको छ ।









