पुस्तकालयको दिगो विकासका लागि छ्लफल

शेयेर गर्नुहोस


पदमराज जैशी, भजनी १६ माघ /
भजनी स्थित जनता सामुदायिक पुस्तकालयमा सञ्चालित दियाे परीयाेजनाले सराेकारवालाहरुसँग अन्तरक्रिया कार्यक्रम सम्पन्न गरेकाे छ।
भजनी नगरपालीकाकी उप नगप्रमुख राजु तिरुवा, वडा नं. १ का वडा अध्यक्ष धर्मेन्द्र श्रेष्ठ, न्यायीक समती सदस्य राजेन्द्र खनाल कानुन इकाईका पुर्णप्रसाद जाेसी बुद्धिजीवी वर्ग नवराज मिश्र, प्रदीप मल्ल, हर्क बुढा, दिपक जाेशी, शिक्षक डम्बर खड्का, अर्जुन चाैधरी, डम्मर मिश्र कार्यसमीती पदाधिकारीलहरु र विपत व्यवस्थापन साखाका विष्णु न्याैपाने र जनता सामुदायिक पुस्तकालय दियाे परीयाेजनाका डाइरेक्टर साजन थापा लगायतको सहभागिता रहेको थियो । पुस्तकालय र स्थानीय सरकारसँगकाे साझेदारीमा भजनी नगरपालिकासँग जनता पुस्तकालयकाे सम्बन्ध पुस्तकालयले गरकाे कामकारबाहीमा स्थानीय सरकारकाे चासाे स्थानीय सरकारसँगको सहकार्यमा देखीयका कानुनी अड्चन लगायतका विषयमा छ्लफल भएको थियो ।
छलफलका क्रममा नगरपालिकाकी नगर उपप्रमुख तिरुवाले सामुदायिक पुस्तकालय प्रतीको बुझाई कम भएको बताएककी छन् । उनले पुस्तकालयसम्मको पहुँचका लागि अझै पनि चेतनाको कमि भएको बताइन् । नगर उपप्रमुख तिरुवाले नगरपालिकाबाट गर्नुपर्ने सहयोगका लागि सधैं प्रतिबद्ध रहेको समेत बताइन् ।
रिड नेपालको दियाे परीयाेजना अन्तर्गतको सहयाेगमा चल्दै आएको पुस्तकालयको भविष्यको बारेमा चिन्ता गर्न सरोकारवालाले सुझाव दिएका छन् । उनीहरूले दातृ संस्थाले पुस्तकालयलाई गर्दै आएको सहयोग बन्द भएपछि त्यसपछि पुस्तकालयको वस्तुस्थितिलाई स्थानीय सरकारले आफ्नो स्वामित्वमा लिएर दिगो पनका लागि सोच्न आग्रह गरेका छन् । परियोजना कोडिनेटर साजन थापाले दातृ संस्थाको सहयोग बन्द भएपछि पुस्तकालयको संरक्षण गर्ने दायित्व समुदायको वा स्थानीय सरकारको हुने बताए । उनले पुस्तकालयलाई सबल र सबैको पहुँचमा पुर्याउनका लागि काम गर्न आग्रह गरे ।
पुस्तकालयका सचीव कविराज जैशीले सञ्चालन गरेको कार्यक्रमको अध्यक्षता अध्यक्ष हेमेन्द्र भार्द्वाजले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *