शेयेर गर्नुहोस
समाधान समाचार
टीकापुर २६ साउन / नैनी एग्रो फर्म एण्ड रिसर्च सेन्टर टीकापुरले व्यवसायिक रुपमा सुरु गरेको माछापालन व्यवसाय धरापमा पर्ने अवस्थामा देखिएको छ ।
साउन १४ गते आएको बाढीका कारण पोखरीमा रहेका साना, ठूला गरी करिब ६५ हजार माछा बाढीले बगाउँदा व्यवसायलाई निरन्रता दिन समस्या देखिएको हो । टीकापुर बहुमुखी क्याम्पसको साढे ११ बिगाह क्षेत्रफलमा नैनी एग्रो फर्म एण्ड रिसर्च सेन्टरले १० वर्षका लागि जग्गा भाडामा दिएर माछा व्यवसाय सुरु गरेको थियो ।
बाढीले बजार बिक्रीका लागि तयार भएको २५ हजार र ४० हजार भुरा माछा नष्ट गरेको व्यवसायी छविलाल शर्माले जानकारी दिएका छन् । उनका अनुसार पोखरी छेउमा भएको कुलो फुट्दा पानी पोखरीमा आएको र पोखरी फ्ट्दा सबै माछा बाढीले बगाएको छ । उनले व्यवसाय सुरु गरी प्रतिफल लिने समयमा बाढीले माछा बगाउँदा व्यवसायलाई निरन्तरता दिन समस्या भएको बताएका छन् ।
‘पोखरीमा एकदेखि दुई केजीसम्मका माछा तयार भएका थिए । बिक्री गर्ने समय पुगेकै बेला बाढीले सबै माछा बगायो ।’ सञ्चालक शर्माले भने, ‘लाखौंको माछा बाढीले बगाउँदा व्यवसायलाई निरन्तरता दिनै चुनौती देखिएको छ । विभिन्न सरकारी निकायसँग राहातका लागि समन्वय गरे पनि सकारात्मक सुझाव आएको छैन ।’
नैनी एग्रो फर्म एण्ड रिसर्च सेन्टरले पाँच जनालाई रोजगारी समेत दिएको छ । फर्ममा कार्यरत बिनोद शर्माले लाखौंको क्षति हुँदा समेत सम्बन्धित निकायहरुलाई अनुगमनका लागि आग्रह गरे पनि अहिलेसम्म कुनै निकायले चासो नदिएको बताएका छन् । ‘हामीले सबैसँग समन्वय ग¥यौं । तर, कसैले चासो देखाएनन् ।’ शर्माले भने, ‘इन्स्योरेन्स कम्पनीको टीमले अनुमगन गरेर गएको छ । अहिले नै अरु माछा हाल्न सक्ने अवस्था पनि छैन । पुरानो पनि बचेन ।’
नैनी एग्रो फर्म एण्ड रिसर्च सेन्टरले उक्त क्षेत्रमा माछा पोखरी–सँगै रिसोर्र्ट समेत सञ्चालन गरेको छ । माछामा परिकारका लागि मानिसहरु सो क्षेत्रमा पुग्ने गरे पनि पछिल्लो समय बाढीका कारण माछा बाढीमा बगाउँदा बाहिरबाट किनेर पूर्ति गर्ने काम भइरहेको फर्ममा कार्यरत शर्माले बताएका छन् । ‘पहिले यतैबाट माछा बाहिर बिक्री गथ्यौं । अहिले रिसोर्टका लािग किनेर ल्याउनु पर्ने अवस्था आएको छ ।’ शर्माले भने, ‘दिनभर सबै पोखरी मा माछा खोज्दा पनि ४÷५ केजी भन्दा बढी भेटिदैनन् ।’
माछापालनसँगै नैनी एग्रो फर्म एण्ड रिसर्च सेन्टरले लोकल कुखुरा पालन समेत सुरु गरेको छ । हाल एक हजार लोकल कुखुरा उत्पादन भइरहेको बताउँदै शर्माले भोलिका दिनहरुमा फर्मलाई रिसर्च सेन्टरको रुपमा विकास गरी कृषि क्षेत्रमा थप टेवा पु¥याउने उद्देश्य आफुहरुको रहेको बताएका छन् ।