भजनी नगरपालिकामा बिपद टास्कफोर्स गठन

शेयेर गर्नुहोस


खेमराज पाण्डे, भजनी १८ पौष/
कैलालीको भजनी नगरपालिका वडा नं. ५ र ८ मा बिपद जोखिम पूर्व तयारी, प्रतिकार्य योजना अनुरुप समुदायमा अाधारित बिपद टास्क फोर्स (कार्यदल) गठन भएको छ ।
भजनी नगरपालिकाको समन्वय,KERK IN ACTIE र CORDAID सहयोगमा बहुउद्देश्यीय बिकास समाज(MPDS) डडेलधुराद्घारा संचालित बाढी पहिरोको उच्च जोखिमको पूर्ब तयारी तथा प्रतिकार्य परियोजना अन्तर्गत उक्त कार्यदल गठन कार्यक्रम सम्पन्न गरिएको हो ।
बाढी तथा डुबान प्रभावित क्षेत्रमा स्थानीय श्रोत साधनको प्रयोग मार्फत बिपत जोखिम न्यूनीकरणमा समुदायको ज्ञान सीप र क्षमता अभिवृद्धि गरी उनीहरुलाई नै परिचालन गर्ने उद्घेश्यले उक्त टास्क फोर्स गठन गरिएको भलबन्सा कृष्णा चौधरीले जानकारी दिएका छन् । उक्त अवसरमा भजनी नगरपालिका वडा नं. ५ राम बहादुर साउँद को अध्यक्षतामा ७ सदस्यीय कन्द्रा तथा मोहना बिपद ब्यवस्थापन मूल समिति,कृष्ण बुढाको संयोजकत्वमा सदस्यीय पूर्व सूचना टास्कफोर्स, प्रकाश बहादुर साउँदको संयोजकत्वमा ५ सदस्यीय खोज तथा उद्घार टास्क फोर्स र अमनी देबी साउँदको संयोजकत्वमा ५ सदस्यीय प्राथमिक उपचार टास्क फोर्स गठन गरिएको छ ।
त्यस्तै भजनी नगरपालिका वडा नं ८ मा गणेश बिकको अध्यक्षतामा खल्ला तथा काढा बिपद ब्यवस्थापन मूल समिती गठन गरिएको छ । त्यसै गौरीगंगा चौधरीको संयोजकत्वमा प्राथमिक उपचार टास्कफोर्स, दिपक बिश्वकर्माको संयोजकत्वमा पूर्ब सूचना टास्क फोर्स र पदम धमला को संयोजकत्वमा खोज तथा उद्घार टास्क फोर्स गठन गरिएको छ । भजनी वडा नं ५ र ८ को उक्त क्षेत्रमा बर्षाको समयमा स्थानीयहरुले बर्षनी बाढी,डुबान तथा कटानीबाट थुप्रै क्षेती बेहर्नु पर्ने बाध्यता छ ।
टास्क फोर्स गठन कार्यक्रममा भजनी नगरपालिका वडा नं. ५ का अध्यक्ष केशब बुढा,वडा नं. ८ का वडा सदस्य लल्तु चौधरीले स्थानीय तहसंगको सहकार्यमा संस्थाले बिपद जोखिम न्यूनीकरणको क्षेत्रमा अत्यन्तै राम्रो कार्यहरु गरिरहेकोमा धन्यवाद ज्ञापन गरेका छन् ।
कार्यक्रममा बहुउद्देश्यीय बिकास समाजका डिअारअार एक्सपर्ट अफिसर राजेन्द्र रैका, प्रदिप पन्तले सहजीकरण गरेका थिए ।
कार्यक्रममा रेडक्रसका प्रतिनिधि कृष्ण बहादुर बुढा,पूर्ब वडा सदस्य कृष्णलाल धमला,समाजसेवी खेमराज काफ्ले लगायतकाले मन्तब्य राखेका थिए । कार्यक्रममा भजनी नगरपालिका वडा नं. ८ का कर्मचारी जय ढुगाना बहुउद्देश्यीय बिकास समाजका सामाजिक परिचालक बिष्णु जैशी लगायतको सहभागीता रहेको थियोे ।
कार्यक्रम सोनाफाटा खल्ला टोलका भलबन्सा कृष्णा चौधरी को अध्यक्षतामा सम्पन्न भएको थियोे ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *