रास्वपाको हस्ताक्षर अभियान

शेयेर गर्नुहोस


टीकापुर १४ असार /
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले टीकापुरमा पनि हस्ताक्षर अभियान सञ्चालन गरेको छ ।
पार्टी सभापति रवि लामिछाने माथी भएको राजनीतिक प्रतिशोधका विरुद्ध टीकापुरमा हस्ताक्षर अभियान शनिबार सञ्चालन गरेको हो । टीकापुर खडक चोक नजिकै सञ्चालन गरेको हस्ताक्षर संकलन कार्यक्रममा हजारौंले हस्ताक्षर गरेको पार्टीका नगर कमिटी सभापति रवीन्द्र बिष्टले जानकारी दिएका छन् ।
देशैभर लामिछाने माथी भएको राजनीतिक प्रतिशोधका विरुद्ध जनताको हस्ताक्षर कार्यक्रम सञ्चालन भैरहेको छ । पार्टीले पुराना राजनीतिक दलहरूबाट धेरै आशा गर्न नसकिने बताउँदै राजनीतिक प्रतिशोध साट्न सभापति लामिछानेलाई जेल हालेको आरोप लगाउँदै आएको छ । जनतको मत सर्वेक्षणका लागि पार्टीले हस्ताक्षर अभियान सञ्चालन गरेको बताउँदै त्यसमा देशभर नागरिकहरूको उत्साह देखिएको बिष्टले बताएका छन् । उनका अनुसार टीकापुरमा पनि हस्ताक्षर संकलन अभियान निरन्तर चल्ने छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *