वीरेन्द्र बिद्या मन्दिर क्याम्पसको अध्यक्षमा रिमाल निर्वाचित

शेयेर गर्नुहोस


टीकापुर १० साउन /
वीरेन्द्र बिद्या मन्दिर बहुमुखी क्याम्पस व्यवस्थापन समितिको अध्यक्षमा धनन्जय रिमाल (फकिर) निर्वाचित भएका छन् ।
क्याम्पस व्यवस्थापन समितिको अध्यक्षका लागि आज भएको मतदानमा ३७ मत ल्याएर रिमाल अध्यक्षमा निर्वाचित भएका हुन । उनका निकटतम प्रतिद्वन्दी दयाराम सञ्ज्यालले ९ भोट प्राप्त गरे भने अर्का अध्यक्षका प्रतिस्पर्धी जगदीशश्वर पण्डितले पाँच भोट प्राप्त गरेका छन् । निर्वाचनमा ५२ जनाले मतदान गरेका थिए ।
सदस्यतर्फ ८ जना भने शुक्रबार नै निर्विरोध चयन भैसकेका थिए । जसअनुसार महिलातर्फ रेखा अधिकारी, दलिततर्फ राजेशकुमार टमट्टा, जनजातितर्फ किशनलाल डगौरा थारू सर्वसम्मत चयन भएका छन् भने खुला तर्फ बीरेन्द्रबहादुर साउँद, केशरसिंह ठकुरी, नवीन अधिकारी, धर्मबहादुर बिष्ट र झपटबहादुर बुढा चयन भएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *