शेयेर गर्नुहोस
टीकापुर २९ पुस /
सत्ती कर्णाली सामुदायिक वन उपभोक्ता समुहको ३० अाै वार्षिक साधारणसभा शनिबार सम्पन्न भएको छ ।
सामुदायिक वनको साधारण सभामा सुदूरपश्चिम प्रदेशका उद्योग पर्यटन, वन तथा वातावरण मन्त्री रमेश धामीले सत्ती कर्णाली सामुदायिक वन विशेष गरि बेतबासले परिचीत वन रहेको बताउँदै बेतबासलाई सुदूरपश्चिम प्रदेशको ब्राण्ड बनाउन जरुरी रहेको बताएका छन् । उनले बेतबासका कुनै एक सामानलाई ग्रेडिङ गरेर टीकापुरको बेतबासलाई सुदूरपश्चिम प्रदेशको ब्राण्ड बनाउने विशेष लक्ष्यका साथ आफु उपस्थित रहेको समेत बताएका छन् ।
“सत्ती कर्णाली सामुदायिक वन बेतबासले देशभर परिचीत छ । यसलाई यस क्षेत्रको ब्राण्ड बनाउन जरुरी छ ।” उनले भने “बेतबासलाई ब्राण्ड बनाउने कुरामा उचित योजनाका साथ आए त्यसको लागि प्रदेश सरकारले सहयोग गर्छ ।” कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष यज्ञप्रसाद न्याैपानेले सत्ती कर्णाली सामुदायिक वनले सामाजिक, शिक्षा, खेलकुद, विकास निर्माणका काम ठुलो योगदान गर्दै आएको बताएका छन् । उनले सामुदायिक वन बेतबासका लागि प्रख्यात भएको बताउँदै बेतबासले राम्रो बजारीकरण पाउन नसकेको समेत बताएका छन् ।
टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्लाले सामुदायिक वन सत्ती क्षेत्रका लागि गहनाको रुपमा रहेको बताएका छन् । उनले सामुदायिक वन कर्णाली नदिको तटीय क्षेत्रमा रहेको बताउँदै नदिले दिनानुदिन वनलाई कटान गरिरहेको समेत बताएका छन् ।
कार्यक्रममा स्वास्थ्यका लागि खेल राष्ट्रका लागि खेल भन्ने मुल नारालाई आत्मसाथ गर्दै खेल जगतमा आफ्नो राम्रो पहिचान बनाउन सफल पुर्व खेलाडी माधव भण्डारी, वन कार्यक्रममा लामो समय देखि काम गर्दै आएका पुर्व लेखापाल पदमा कार्यरत देवीराम भण्डारीलाई नगद २५ हजार नगद सहित सम्मान गरेको छ । कार्यक्रममा सामुदायिक वनका उपाध्यक्ष पल बहादुर बस्नेतले आफ्नो व्यक्ति खर्चबाट विपन्न परिवारका तीन जनालाई खाद्यान्न सहयोग गरेका छन् । जसमा प्रति व्यक्ति ५० केजी चामल, दाल, तेल र नुन सहयोग गरेका थिए । समाजसेवी गोविन्द श्रेष्ठले वेसाहारा अपाङ्ग परिवारलाई कम्बल सहयोग गरेका छन् । त्यसैगरी सामुदायिक वनले वनका सदस्यका ७५ वर्ष माथिका एक सय ५० जना जेष्ठ नागरिकहरुलाई कम्बल वितरण गरेको थियो ।
वनका अध्यक्ष धनसिंह साउँदको अध्यक्ष्ातामा भएको कार्यक्रमको स्वागत उपाध्यक्ष पल बहादुर बस्नेतले गरेका थिए भने सञ्चालन सहसचिव पंरकुश चाैधरीले गरेका थिए । वनले गत आर्थिक वर्षको ७४ लाख १३ हजार ७ सय ७५ रुपैयाँ २१ पैसा बराबरको आयव्यय सार्वजनिक गरेको थियो ।