सरकारले भेन्टिलेटर दियो जनशक्ति दिएन

शेयेर गर्नुहोस


झलनाथ खनाल
टीकापुर ०४ मंसिर /
कोरोना संक्रमणको दर बढ्दै जाँदा प्रदेश र संघीय सरकारले टीकापुर अस्पताललाई भेन्टिलेटर उपलब्ध गराए पनि जनशक्तिल उपलब्ध गराउन सकेन ।
चालु आर्थिक वर्षमा संघीय सरकारले टीकापुर अस्पताललाई चारवटा भेन्टिलेटर खरिदका लागि रकम पठायो भने सुदूरपश्चिम प्रदेश सरकारले दुईवटा भेन्टिलेटर खरिद गरेर पठायो । एकवटा भेन्टिलेटर यूएनडीपीले अस्पताललाई सहयोग ग¥यो । अहिले टीकापुर अस्पतालसँग ७ वटा भेन्टिलेटर छन् । तर, आईसीयूका लागि एकजना दक्ष जनशक्ति समेत अस्पतालसँग छैन ।
करोडौंका भेन्टिलेटर खरिद गरी पठाउने सरकारले जनशक्तिको बारेमा चासो नदिएपछि टीकापुर अस्पतालले छिमेकी स्थानीय तहसँग समन्वय गरी आईसीयू सञ्चालनको प्रक्रिया सुरु गरेको छ । टीकापुर अस्पताल विकास समितिका अध्यक्ष दिपक रावलले टीकापुर नरगपालिका, जानकी गाउँपालिका, जोशीपुर गाउँपालिका, भजनी नगरपालिका, र महुन्याल गाउँपालिकासँग छलफल भएको बताएका छन् । उनले दश बेडको आईसीयू सञ्चालनका लागि पूर्वाधार अस्पतालसँग भए पनि आवश्यक पर्ने जनशक्तिका लागि भने आर्थिक अभाव भएका कारण स्थानीय तहसँग छलफल गरिएको बताएका छन् ।
उनले आईसीयू तथा भेन्टिलेटर सञ्चालनका लागि एकजना एनेस्थेसियालोजिष्ट सहित ३२ जना थप कर्मचारीहरु व्यवस्थापन गर्नुपर्ने भन्दै त्यसका लागि करिब २ करोड ३७ लाख ५५ हजार ८ सय रुपैयाँ अनुमानित खर्च हुने बताएका छन् ।
बिहीबार अस्पताल विकास समितिको समन्वयमा भएको सर्वदलीय छलफलमा अस्पतालमा आईसीयू तथा भेन्टिलेटर सञ्चालनका लागि स्थानीय तह सकारात्मक देखिएका छन् । भजनी नगरपालिकाकी उप–प्रमुख छायाँ देवकोटाले कोरोना भाइरसको संक्रमण बढ्दै जाँदा बिरामीले अस्पतालमा बेड पाउने अवस्था नरहेको बताउँदै यो समयमा आईसीयू स्थापना प्रस्ताव महत्वपूर्ण रहेको बताएकी छन् । उनले चालु आर्थिक वर्षको बजेट विनियोजन भइसकेको हुँदा कार्यपालिकासँग आवश्यक छलफल गरी आईसीयू सञ्चालनका लागि सक्दो आर्थिक सहयोग भजनी नगरपालिकाले गर्ने बताएकी छन् ।
त्यस्तै, जोशीपुर गाउँ–पालिकाका अध्यक्ष रामकृष्ण चौधरीले गाउँपालिकामा चालु आर्थिक वर्षमा सबैभन्दा कम बजेट आएको बताउँदै आईसीयू सञ्चालनका लागि सक्दो सहयोग गर्ने बताएका छन् । टीकापुर नगरपालिकाका नगर प्रमुख तपेन्द्रबहादुर रावलले आईसीयू सञ्चालनका लागि टीकापुर नगरपालिकाले अग्रपंक्तिमा रहेर सहयोग गर्ने बताउँदै एउटै स्थानीय तहले मात्र चाहेर आईसीयू सञ्चालन गर्न सम्भव नरहेको बताएका छन् । ‘हामी सक्दो सहयोग गर्छाैं तर एक्लैले मात्र सम्भव छैन ।’ नगर प्रमुख रावलले भने, ‘ पालिकाको क्षमताअनुसार रकम संकलन गरौं, जुन हालतमा भए पनि आईसीयू सञ्चालन गर्नुपर्छ ।’
छलफलमा सुदूरपश्चिम प्रदेश साँसद एवम् प्रमुख प्रतिपक्ष दलका नेता रणबहादुर रावलले सरकारले नै स्वास्थ्य शिक्षालाई प्राथमिकता दिएको अवस्थामा सबै स्थानीय तह मिलेर संघ र प्रदेशलाई दवाव दिनै भए पनि आईसीयू सञ्चालन सुझmाव दिएका छन् । उनले प्रदेशले टीकापुरलाई हेर्ने दृष्टिकोण फरक रहेको भन्दै यसक्ष्इोत्रका स्थानीय तहले प्रदेश सरकारलाई दवाव दिन पनि आवश्यक रहेको बताएका छन् ।
संविधानसभा सदस्य गरिमा शाहले स्वास्थ्य सेवा भूगोलसँग सम्बन्धित नभएको भन्दै सबैको सहयोग र समन्वयमा आईसीयू सञ्चालन हुन सके टीकापुर अस्पतालको ठूलो उपलब्धी मानिने बताएकी छन् ।
अस्पतालमा मेसु डा. रेमकुमार राईले उपकरणमात्र भएर सेवा सञ्चालन गर्न नसकिने भन्दै जनशक्तिका लागि आर्थिक पाटो सक्षम भए आईसीयू सञ्चालन गर्न कुनै समस्या नरहेको बताएका छन् । उनले आईसीयू सञ्चालन गर्न सके टीकापुरका लागि मात्र नभई आसपासका क्षेत्रलाई समेत महत्वपूर्ण टेवा पुग्ने बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *