शेयेर गर्नुहोस
टीकापुर १६ चैत /
कैलाली क्षेत्र नं. १ का प्रतिनिधिसभा सदस्य कोमल ज्ञवालीले संघीय मामिला तथा सामान्य प्रशासन, भुमी व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री प्रतिभा रावलकोटीकापुर क्षेत्रको भुमी समस्याका विषयमा ध्यानाकर्षण गराएकी छन् ।
भूमिहीन तथा सुकुम्बासी परिवारहरूको व्यवस्थापन, बसोबासको स्थायी समाधान, जग्गा व्यवस्थापन तथा आवश्यक सरकारी प्रक्रिया छिटो अगाडि बढाउन आग्रह गर्दै मन्त्रीको ध्यानाकर्षण गराइएको उनले सामाजिक सञ्जाल मार्फत जानकारी गराएकी हुन । क्षेत्र नं. १ को विशेषगरी टीकापुरमा मतदातालाई भुमी समस्या समाधान गरेर उचित बसोबासको ग्यारेन्टी गर्ने प्रतिबद्धता व्यक्त गरेकी सांसद ज्ञवालीले त्यसैअनुसार मन्त्री रावलसँग भेट गरेको बताइएको छ ।
मन्त्री रावलले उक्त समस्यालाई गम्भीरतापूर्वक लिँदै सम्बन्धित निकायसँग समन्वय गरी यथाशीघ्र समाधानको पहल गर्ने प्रतिबद्धता व्यक्त गरेको बताइएको छ । ज्ञवालीले आफ्ना क्षेत्रका सुकुम्बासी तथा भूमिहीन दाजुभाइ–दिदीबहिनीहरूको अधिकार सुनिश्चित गर्दै उनीहरूको दीर्घकालीन समाधानका लागि आगामी दिनमा पनि निरन्तर पहल र समन्वय गरिरहने प्रतिबद्धता व्यक्त गरिन ।










