रास्वपाबाट यी उम्मेदवारले कटाए ५० हजार मत

शेयेर गर्नुहोस


टीकापुर २३ फागुन /
नेकपा एमालेका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीलाई पराजित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का वरिष्ठ नेता बालेन्द्र शाह झापा क्षेत्र नं. ५ बाट भारी मतका साथ विजयी भएका छन् ।
शनिबार सम्पन्न मतगणनामा बालेन ६८ हजार तीन सय ४८ मतसहित विजयी भएका हुन् । रास्वपाले प्रधानमन्त्रीको उम्मेदवारका रूपमा प्रस्ताव गरेका शाहसँग ओली ४९ हजार ६ सय १९ मतको फराकिलो मतान्तरले पराजित भएका छन् । ओलीले १८ हजार ७३४ मत प्राप्त गरे । ओली पछिल्ला ३ वटा चुनावमा लगातार विजयी भएका थिए ।
रास्वपाबाट अन्य उम्मेदवारले पनि ५० हजार मत कटाएका छन् । जसमा रुपन्देही क्षेत्र नं. ३ मा रास्वपाका डा. लेखजंग थापा ५८ हजार ८१४ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी नेपाली कांग्रेसका सुशील गुरुङ ८ हजार ४३५ मतमा सीमित भए । थापा र गुरुङबिचको मतान्तर ५० हजार तीन सय ७९ छ ।
रुपन्देही क्षेत्र नं. २ मा रास्वपाका सुलभ खरेल ५६ हजार पाँच सय ५० मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी नेकपा एमालेका विष्णुप्रसाद पौडेलले १२ हजार ८ सय ६१ मतमात्र पाए । खरेल र पौडेलबिच ४३ हजार ६ सय ८९ छ ।
यसैगरी मोरङ क्षेत्र नं. ६ मा रास्वपा उम्मेदवार रुबिना आचार्य पनि ५५ हजार ५१३ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसका डा. शेखर कोइराला १२ हजार ८ सय ५० मतमा सीमित भए । आचार्य र कोइरालाबिचको मतान्तर ४२ हजार ६ सय ६३ छ ।
रास्वपाका सभापति रवि लामिछाने चितवन क्षेत्र नं. २ बाट ५४ हजार ४०२ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी नेपाली काँग्रेसकी मिना कुमारी खरेलले १४ हजार ५ सय ६४ मत प्राप्त गरिन् । लामिछाने र खरेलबिचको मतान्तर ३९ हजार ८ सय ३८ छ । चितवन क्षेत्र नं. ३ मा सोविता गौतम ५९ हजार २७७ मतसहित निर्वाचित हुँदा उनकी निकटतम प्रतिस्पर्धी नेपाली कम्युनिस्ट पार्टीकी रेनु दाहाल २० हजार ६ सय १५ मतमा सीमित भइन् । सोविता र रेनुबिच ३८ हजार ६ सय ६२ मतको अन्तर छ ।
यस्तै काभ्रेपलाञ्चोक क्षेत्र नं. २ मा रास्वपाका बदनकुमार भण्डारी ५३ हजार तीन सय ४४ मतसहित निर्वाचित हुँदा उनका मुख्य प्रतिस्पर्धी मधुप्रसाद आचार्य १७ हजार ८ सय ६८ मतमा सीमित भए । भण्डारी र आचार्यबिचको मतान्तर ३५ हजार ४ सय ७६ छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *