वडा नं. ८ मा महिला दिवस कार्यक्रम मनाइयो

शेयेर गर्नुहोस


टीकापुर २४ फागुन /
टीकापुर नगरपालिका वडा नं. ८ स्तरिय टोल विकास संजाल धनसिंहपुरको आयोजना तथा वडा नं. ८ आर्थिक सहयोगमा ११६ औ महिला दिवश कार्यक्रम सम्पन्न भएको छ ।
कार्यक्रम वडा स्तरिय टोल विकास संजालका अध्यक्ष माया साउदको अध्यक्षतामा भएको थियो भने उक्त कार्यक्रमको प्रमुख अतिथि टीकापुर नगरपालिका वडा नं. ८ वडा अध्यक्ष दीर्घ बहादुर ठकुल्ला रहेका थिए । उक्त कार्यक्रममा लामो समय विभिन्न क्षेत्रमा योगदान पुर्याउने ११ जना महिलालाई सहित सम्मान गरिएको थियो ।
कार्यक्रममा लामो समयसम्म शिक्षा क्षेत्रमा योगदान पुर्याउने जयसरा साउद स्वास्थ्य क्षेत्रमा योगदान पुर्याउने देवसरा साउद मीना टमट्टा र सरिता ठकुल्लालाई सम्मान गरिएको थियो । त्यसैगरी कृषिक्षेत्रमा क्रियाशिल बिध्या चौधरीलाई सम्मान गरिएको छ भने ब्यवसाय क्षेत्रबाट सुधा साउदलाई सम्मान गरिएको छ । समाजसेवामा क्रियाशिल रहनुहुने मनसरा साउद पदमा लुहार तथा मथुरा साउदलाई सम्मान गरिएको छ ।
कार्यक्रममा वडा सदस्य संगिता ओड निशा चौधरी तथा जमुना विक लालसरा साउद अजय चौधरी लगायतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा महिला शसक्तिकरण तथा जनचेतना सम्वन्धि गित गजलहरु समेत प्रस्तुत गरिएको थियो । नारी सम्बन्धि जागरण गीतका लागि भारती परियारलाई समेत सम्मान गरिएको थियो भने टोल विकास संस्था गठन तथा परिचालनमा महत्त्वपूर्ण भुमिका निभाएकोमा सहकर्मी समाजकी समाजिक प्रशिक्षक पुनम धामीलाई समेत सम्मान गरिएको छ ।
ज्योती विकास संस्थाकी सदस्य जौमती धामीले स्वागत गरेको कार्यक्रम संजालकी उपाध्यक्ष मालती साउदले सञ्चालन गरेकी थिइन ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *