अन्तर्राष्ट्रिय गिध्द संरक्षण सचेतना कार्यक्रम मनाइयो

शेयेर गर्नुहोस


खेमराज पाण्डे,
भजनी २०भाद्र/
डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीका अध्यक्ष भोज राज ढुंगानाको अध्यक्षतामा टिकापुर – भजनी डल्फिन सर्किट क्षेत्र अन्तरगत भजनी नगरपालिका वार्ड नं.३ दैलेखीटोल, बर्दवामा १२ औ अन्तर्राष्ट्रिय गिध्द संरक्षण सचेतना कार्यक्रम सम्पन्न भएको छ ।
टिकापुर र भजनीको संगम क्षेत्र जहाँ बाट दुर्इ दशक अघि संरक्षणको अभियान सुरु गरिएको उक्त क्षेत्रमा स्थानियलाई संरक्षणमा उत्प्रेरित गर्ने र गिद्द संरक्षणको महत्त्वलाई उजागार गर्ने उद्देश्यले गिध्द संरक्षण सचेतना कार्यक्रम आयोजना गरिएको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका सचिव नरेन्द्र प्रसाद रेग्मीले बताएका छन।
कार्यक्रमको उद्देश्यको बारेमा संरक्षण नेपालका उपाध्यक्ष कृष्णलाल धमालाले प्रष्ट पारेका थिए भने गिद्दको महत्व र गिध्द संरक्षण सम्बन्धि जानकारी संरक्षण नेपालका अध्यक्ष भोज राज ढुंगानाले दिएका थिए।
स्थानिय संरक्षण कर्मी ललित देउवाले यो क्षेत्रबाट संरक्षणको अभियान सञ्चालन गरिए पनि अहिले सम्म ओझेलमा परेको बताए।
युवा संरक्षणकर्मि अर्जुन सोप, नेत्र देउवाको अतिथ्य रहेको उक्त कार्यक्रमको सञ्चालन डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका महा सचिव जय प्रसाद ढुंगानाले सन्चालन गरेका थिए।

ताजा खबर

“आमा: अनन्त माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *