संरक्षणकर्मिले गरे १८ जना जेष्ठ नागारिकलाई सम्मान

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी १५ असोज
/ डल्फिन र तथा जैविक विविधता संरक्षण नेपालले अन्तरास्ट्रिय जेष्ठ नागरिकलाई सम्मान गरेको छ।
अध्यक्ष भोज राज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय उमा वादीको प्रमुख अतिथि रहेकी थिइन भने टिकापुर नगरपालिका वडा नं.७ का वडाअध्यक्ष रामलाल डगौरा थारुको बिशिष्ट अतिथि रहेका थिए।३० अन्तर्राष्ट्रिय जेष्ठ नागारिक दिवस १८ जना जेष्ठ नागारिकलाई दोसल्ला
ओडाएर सम्मान र फलफुल वितरण गरिएको थियो।
ऐतिहासिक रूपमा डल्फिन र तथा जैविक विविधता संरक्षण नेपालले अग्रजहरु लाई सम्मान गर्ने कार्यको थालनी गर्यो आफैमा स्वागतयोग्य रहेको भन्दै प्रमुख अतिथिले नेपालकै प्रकृति सम्पदा , जैविक विविधताले भरिपूर्ण डाल्फिनको बिकासको लागी सक्दो सहयोग गर्ने बताएकी छन। टीकापुर नगरपालिका वडा नं.७ का वडाअध्यक्ष राम लाल थारुले जेष्ठ नागारिक हाम्रा धरोहर भएको बताउदै जेष्ठ नागारिक, अति अशक्त, बालबलिकाको स्वास्थ्य सेवा घर दैलोमा गएर दिइरहेको बताएका छन।आगामी दिन निरन्तर जेष्ठ नागारिक, अति अशक्त, बालबलिका हरु लाई सहयोग र सेवा गर्ने बताए।साथै डल्फिन, जलचर तथा जैविक विविधता नेपाल लाई यस्ता रचनात्मक कार्य लागी धन्यवाद ब्यक्त गर्दै आगामी दिन हरेक क्रियाकलाप र अभियानमा सहयोग गर्ने प्रतिबद्धता ब्यक्त गरेका छन।
डल्फिन,जलचर तथा जैविक विविधता संरक्षण नेपालका सचिव नरेन्द्र प्रसाद रेग्मीले स्वागत मन्तव्य गरेको कार्यक्रमको संचालन महासचिव जय प्रसाद ढुंगानाले गरेका थिए।

ताजा खबर

भजनीको बजेट ७० करोड

विपद सम्बन्धि अन्तरक्रिया

४९ जनालाई पुरस्कार वितरण

Leave a Reply

Your email address will not be published. Required fields are marked *