सुपको समृद्धि खप्तड, बडीमालिका र रामारोशन बन्न सक्छन् : शाह

शेयेर गर्नुहोस


टीकापुर ०२ असोज /
सुदुरपश्चिम प्रदेशका निवर्तमान मुख्यमन्त्री कमलबहादुर शाहले सुदुरपश्चिमको समृद्धि खप्तड, बडीमालिका र रामारोशन रहेको बताएका छन्
रामारोशन विकास केन्द्रको प्रथम साधारण सभालाई बिहिवार उद्घाटन गर्दै निवर्तमान मुख्यमन्त्री शाहले धार्मिक तथा पर्यटकीय क्षेत्रलाई समृद्धिसँग जोड्दा खप्तड, रामारोशन र बडीमालिकाको विकासलाई प्राथमिकतामा राख्नुपर्ने बताएका हुन । “खप्तड, रामारोशन र बडीमालिकाको विकास हुन सक्यो भने सुदुरपश्चिम प्रदेशको मात्रै नभई राष्ट्रकै समृद्धिको आधार तयार हुने छ ।” उनले भने,”त्यसको विकासका लागि सरकारका संयन्त्र जागरुक हुनुपर्छ ।”
राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता, सामाजिक सद्भाव कायम गर्नमा सबैले भुमिका खेल्नुपर्ने बताउँदै निवर्तमान मुख्यमन्त्री शाहले धर्म, संस्कृति, परम्परालाई संरक्षण र सम्बर्द्धनमा जोड दिन आग्रह गरेका छन् । उनले रामारोशन क्षेत्रको विकासका लागि विगतमा प्रदेश सरकारको नेतृत्वमा रहँदा पनि सकेसम्म काम गरेको बताउँदै जन्मस्थललाई कसैले पनि भुल्न नहुने बताएका छन् ।
प्रदेशका पुर्व सामाजिक विकास मन्त्री झपट बहादुर साउँदले विकासका साझा मुद्दाको सवालमा सबै एक ठाउँमा उभिनु पर्ने बताउँदै सार्वजनिक महत्त्वका विषयमा सबैको एक्यवद्धता आवश्यक रहने बताएका छन् । उनले रामारोशनको विकासका लागि हिजो पनि आज पनि एकै ठाउँ रहेको बताएका छन् । “सिद्धान्तले अनि बिचार जो जहाँ भए पनि विकास र समृद्धिका हिसाबले हामी एक ठाउँमा छौँ ।” उनले भने, “अझै जो जहाँ भए पनि रामारोशनको समृद्धिका लागि कसैको फरक मत हुने छैन भन्नेमा ढुक्क छु ।”
रामारोशन गाउँपालिकाका अध्यक्ष मानबहादुर साउँदले रामारोशनको विकासका लागि सबैलाई लाग्न आग्रह गरेका छन् । उनले रामारोशनको विकासका मुद्दामा सबैलाई गम्भीर भएर लाग्न आग्रह गर्दै भुगोलले टाढा भए पनि सम्बन्धले रामारोशनलाई सामीप्यमा राख्न आग्रह गरेका छन् । “पर्यटकीय हिसाबले पनि रामारोशनको महत्त्व निकै छ । जुन भनिराख्नुपर्ने स्थिति छैन ।” उनले भने, “एकै ठाउँमा १२ वटा ताल र १८ वटा घाँसे मैदान भएको क्षेत्र कतै पनि छैन । अन्य प्राकृतिक हिसाबले पनि रामारोशनको विशेष हुँदा सबैलाई आग्रह गर्न चाहान्छु, एकपटक रामारोशन पुग्नुहोला ।”
रामारोशन विकास केन्द्रका अध्यक्ष दिनेश कुमार शाहको अध्यक्षतामा भएको थियो । साथै सोही अवसरमा विभिन्न सांस्कृतिक कार्यक्रम सहित घाँसे संङ्क्रान्तिको अवसरमा देउडा खेलहरु समेत भएका थिए । साधारण सभाले नयाँ कार्यसमिति समेत चयन गर्ने छ । रामारोशन गाउँपालिकाबाट बसाई सरेर बाहिर बसेका नागरिकहरूको एकता कायम गर्न विकास केन्द्र स्थापना गरिएको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *