एकिकृत नमूना बस्ती कार्यक्रमले राजीको घर बनाउने

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी २१भाद्र/
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयको आ.ब.२०७७/२०७८को स्वीकृत वार्षिक मूख्यमन्त्री एकिकृत नमूना बस्ती कार्यक्रम अन्तर्गत भजनी नगरपालिका वडा नं.९ भुरुवा कैलालीको राजी बस्तीमा नमूना घर निर्माण गरिने भएको छ ।
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था , कृषि तथा सहकारी मन्त्रालयको मन्त्री विनिता चौधरीको नेतृत्व आएको टोली उक्त बस्तीको अनुगमन गरेकोे छ । अनुगमन पश्चात भएको छ्लफलमा अति बिपन्न, पछाडि परेको समुदाय, प्राकृतिक प्रकोपबाट घर पूर्ण क्षति भएका व्यक्तिहरका घर निर्माण गरिने मन्त्री चौधरी बताएकि छन। नमूना बस्ती सँगै स्थानिय समुदायको मागको आधारमा उधोग सन्चालनमा ल्याए रोजगारी सृजना गर्ने र कामको लागी बाहिर जाने नपरोस र गाउमै रोजगारी सृजना होस भन्ने लक्ष्य कार्यक्रमको रहेको मन्त्री चौधरीले बताइन।
सुदूरपश्चिम प्रदेश भूमि व्यवस्था,कृषि तथा सहकारी मन्त्रालयका भूमि व्यवस्था तथा पशुपक्षी महाशाखाका प्रमुख हेम अवस्थिले तत्काल भजनी नगरपालिका वडा नं.९ भुरुवा मा ३० वटा घर चालू आर्थिक बर्ष भित्र सम्पन्न हुने गरी निर्माण हुने बताएका छन। ” अनुगमन र छलफल सकियो अब १ हप्ता भित्र टेन्डर आह्वान गर्छौ “अवस्थिले भने,”अहिले निर्माण हुने घर दुर्इ कोठे र शौचालय सहित निर्माण हुनेछ।”
भजनी नगरपालिका नगर प्रमुख शेर बहादुर चौधरीले नगरपालिकाले व्यक्ति छनौट गर्ने कार्य गर्ने र सोही अनुसार घर निर्माण हुने बताएका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *