कैलाश खोलामा एक महिला मृत फेला

शेयेर गर्नुहोस


समाधान समाचार,
अछाम १९ भाद्र/
अछामको कैलाश खोलामा शुक्रबार एक महिला मृत फेला परेकी छन् ।
मंगलसेन नगरपालिका वडा नम्बर ९ की २६ वर्ष रेश्मा कुँवर रावल कैलाश खोलाको किनारमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरीले जनाएको छ । प्रहरीका अनुसार हिजो साझ खाना ढिला पकाएको बिषयमा रेश्माको श्रीमान् निरजसंग सामान्य बिवाद भएको बुझिएको छ। । हिजो राती ११ बजेसम्म घरमै रहेकी रेश्माको शव आज बिहान कैलाश खोलाका भेटिएको जिल्ला प्रहरी कार्यालय अछामका सुचना अधिकारी प्रहरी निरिक्षक रमेशदत्त अवस्थीले जानकारी दिएका छन ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *