कोरोना महामारीका बिच रुडुकको निरन्तर सहयोग

शेयेर गर्नुहोस

समाधान समाचार,
धनगढी २१भाद्र/
ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)की संस्थापक अध्यक्ष एंव बरिष्ठ सामाजिक अभियन्ता डा.आरजु राणा देउवा सूदूरपश्चिममा कोरोना संक्रमण रोकथाम,नियन्त्रण एंव सुरक्षित मातृत्वका लागिका लागि निरन्तर सक्रिय रहदै आएकि छन।
सुदूरपश्चिममा संक्रमण रोकथाम तथा नियन्त्रणका शूरुवाती अवस्था देखि केन्द्र,प्रदेश र स्थानिय सरकार र सरोकारवाला निकायहरुको ध्यानाकर्षण गराउनुका साथै उक्त सवालमा आफ्नो क्रियासिलता र सहयोगलाई निरन्तर जारी राख्दै आएकी हुन।
यसैविच ग्रामीण महिला विकास तथा एकता केन्द्र (रुडुक)की संस्थापक अध्यक्ष एंव बरिष्ठ सामाजिक अभियन्ता डा.आरजु राणा देउवाको विशेष पहलमा रुडुक कैलालीले कोरोना भाइरस महामारीका बेला विभिन्न क्षेत्रमा सहयोग गरेको छ । महामारीको समयमा रुडुक कैलालीले समस्यामा परेका नागरीक, गरिब विपन्न वर्गलाई सहयोग गर्दै आएको छ । रुडुकले आमालाई रुडुकको साथ परियोजना अन्र्तगत गरिबीको रेखा मुनि रहेका अर्थिक अवस्था अत्यन्तै कमजोर भएका गर्भवती र सुत्ेकरी महिलाहरुलाई स्वास्थ्य सामाग्री एंव पोषणयुक्त खाद्य सामग्रीहरु उपलब्ध गराएको छ ।
महामारीको समयमा आर्थिक अवस्था अत्यन्तै कमजोर भएका अति विपन्न गर्भवती, सुत्केरी महिला नवजात शिशुको स्वास्थ्य संवेदनशिलतालाई मध्येनजर गर्दे उनीहरुलाई पौष्टीक आहारको अभाव नहोस् भन्ने उद्देश्यले स्वास्थ्य एंव पोषणयुक्त खाद्य सामाग्री सहयोग गरिएको रुडुककी संस्थापक अध्यक्ष एंव बरिष्ठ सामाजिक अभियन्ता डा.आरजु राणा देउवाले जानकारी दिइन। धनगढी उप–महानगरपालिकाका ७० जना गर्भवती र सुत्केरी महिलाहरुलाई स्वास्थ्य सामाग्री तथा पोषणयुक्त खाद्य सामाग्री वितरण गरेको रुडुक कैलालीकी अध्यक्ष ममता शाहले बताइन् ।
यसका लागि जिल्ला स्थित सुरक्षित मातृत्व संजाल महासंघ नेपालका प्रदेश संयोजक राजेन्द्र रैकासंग समन्वय एंव सहकार्य गरी घरधुरी सर्वेक्षण अवलोकन एवं अवस्था विश्लेषण गरी अति विपन्न, गरिब र कमजोर आर्थिक अवस्था भएका महिलाहरुलाई राहत वितरण गरीएको हो।”महामारीको समयमा कमजोर आर्थिक अवस्था भएका गर्भवती र सुत्केरी महिलाहरुले पौष्टीकयुक्त खानेकुरा खान पाएका छैनन्, सोही कारण उक्त स्वास्थ एंव पोषणयुक्त खाद्यान्न सामाग्री वितरण गरेका हौ” रुडुक केन्द्रीय अध्यक्ष सजनी अमात्यले भनिन।
प्रत्येक गर्भवती महिलालाई ३० केजी मसिनो चामल,मसुरो दाल २ केजी,२ लिटर तेल,गेडागुडी दाल २ केजी,आलु ५ केजी, १ केजी नुन, अण्डा १ क्यारेट,चिनी २ केजी, साबुन ६ पिस,साबुन स्टेण्ड १,मच्छर क्वायल १ प्याकेट,तौलिया १ वटा,डिटोल १ बोतल,ब्रस २ वटा,मन्जन २ वटा,कपास १ रोल,सुपानेट झुल १ वटा,मास्क ३० पिस सेनिटर प्याड ६ प्याकेट लगायतका स्वास्थ्य तथा खाद्यन्न सामाग्री वितरण गरेको उनले बताइन् ।
संक्रमणबाट बचाउन यसअघि पनि सुदूरपश्चिम भरी नै स्वास्थ सामाग्री समेत सहयोग गर्दै आएको थियो।

ताजा खबर

१५ गते प्रचण्ड टीकापुर आउने

१५ गते प्रचण्ड टीकापुर आउने

एक सय बढीले गरे रक्तदान

Leave a Reply

Your email address will not be published. Required fields are marked *