गुडिमुन्टे गाइजात्रा हुने

शेयेर गर्नुहोस


टीकापुर ०९ भदौ /
भदौ १३ गते गाइजात्रा दिवसको अवसरमा टीकापुरमा पनि गुडिमुन्टे जाइजात्रा हुने भएको छ् ।
सिर्जनशील युवा समाज नेपालको आयोजनामा गुडिमुन्टे गाइजात्रा कार्यक्रम हुन लागेको हो । यसभन्दा पहिले तेस्रो भागसम्म आयोजना गरेको गुडिमुन्टे गाइजात्राले समाजमा यथार्थ घटनाक्रमलाई नाटकीय ढंगबाट प्रस्तुत गर्दै आएको छ ।
विशेषगरी काठमाडौं उपत्यकामा प्रचलित यो पर्वमा वर्षभरि मृत्यु भएका आफन्तको सम्झनामा गाई वा गाईको प्रतीक बनाएर नगर परिक्रमा गर्दै मनाइन्छ । धार्मिक विश्वासअनुसार गाईले मृतात्मालाई स्वर्गको बाटो देखाउने मान्यता रहँदै आएको छ । तर गाइजात्रा शोक मनाउने पर्व मात्र नभई, यसले समाजमा व्याप्त विकृति, विसंगति र गलत प्रवृत्तिमाथि हाँसो, व्यङ्ग्य गर्ने महत्वपूर्ण अवसर दिँदै आएको सिर्जनशील युवा समाज नेपालका सचीव तथा कार्यक्रम संयोजक राजेन्द्र गुडिमुन्टेले जानकारी दिएका छन् ।
“गाइजात्रामा व्यङ्ग्य प्रयोग हुनुको मुख्य कारण सत्तासँग प्रश्न गर्ने र समाजका कमजोरी देखाउने सांस्कृतिक परम्परा हो ।” उनले भने, “गलत कामको आलोचना गर्न नेता, शासक, प्रशासन, सामाजिक कुरीति वा व्यक्तिको कमजोरीलाई हास्यका माध्यमबाट प्रस्तुत गर्ने गरिन्छ ।” उनका अनुसार समाजको ऐना देखाउन दैनिक जीवनमा देखिरहेका भ्रष्टाचार, महँगी, राजनीतिक विकृति, सामाजिक विभेद आदि विषयलाई व्यङ्ग्यात्मक रूपमा गाइजात्राले प्रस्तुत गर्ने गर्छ । जनतालाई बोल्ने अवसर दिन सामान्य मानिसले शक्तिशाली व्यक्ति वा संस्थामाथि समेत व्यङ्ग्य गर्न पाउने एउटा सांस्कृतिक मञ्चका रूपमा गाइजात्राको विकास भएको सचीव गुडिमुन्टेको भनाइ छ ।
टीकापुरमा आयोजना हुने गुडिमुन्टे गाइजात्रा कार्यक्रम पनि त्यहीँ विकृति विसंगतिका विरुद्ध हुने समाजका अध्यक्ष झलनाथ खनालले बताएका छन् । “हामीले विशेषगरी टीकापुर भित्रका सकारात्मक कुराहरूको प्रचारप्रसार सहित नकारात्मक तथा विवादित विषय माथी व्याङ्ग्य प्रहार गर्ने तयारी गरेका छौँ ।” उनले भने, “कार्यक्रमलाई सफलतापुर्बक सम्पन्न गर्नका लागि १३ गते भानु चोक कान्छी बजारमा सबैलाई सहभागिताको लागि पनि हार्दिक अनुरोध गर्दछौं ।” गाइजात्रा कार्यक्रममा अन्य सन्देशमुलक सहित विविध सांस्कृतिक कार्यक्रम समेत रहने उनको भनाइ छ । कार्यक्रमको तयारी पनि तिब्र भैरहेको खनालले बताएका छन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *