शेयेर गर्नुहोस
समाधान समाचार,
टीकापुर ८ असोज/ टीकापुर जेसिजले सप्ताह ब्यापी कार्यक्रम मनाउने क्रममा तेस्रो दिनको कार्यक्रम पर्यटन प्रवद्दनका लागि डल्फिन क्षेत्रको प्रचार प्रसारमा टेवा पुगोस भन्ने अभिप्रायले टिकापुर नगरपालिका ७ ढुंगानाटाेल बैदिमा विविध कार्यक्रम गरी मनाएको छ ।
टिकापुर जेसिजका जेसि कृष्ण चाैधरीको अध्यक्षतमा भएको कार्यक्रमको प्रमुख अतिथि टिकापुर नगरपालिका वार्ड नं.७ का वाड अध्यक्ष राम लाल डगौरा, बिशिष्ट अतिथि डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपालका अध्यक्ष भोज राज ढुंगाना रहेक थिए।
जेसिज २०२०का राष्ट्रिय उपाध्यक्ष जेसि गणेश साउद, जेसिज २०२०का राष्ट्रिय महा सचिव टेक राज रेग्मी र कृति सिंह बमले शुभकामना मन्तव्य राखेका थिए भने बक्ताहरुले डल्फिन क्षेत्रको प्रचार प्रसार गर्न र बिकास गर्नको लागी सबैले आआफ्नो क्षेत्र बाट सहयोग गर्नु पर्नेमा जोड दिएका थिए। प्रमुख अतिथि वडा अध्यक्ष रामलाल डगौराले डल्फिन क्षेत्रको बिकास गर्न र आवश्यक सहयोग गर्न कहिल्यै पछि नपर्ने भन्दै निरन्तर सहयोग पनि गर्दै आएको बताएका छन। टिकापुर जेसिजले डल्फिन क्षेत्रमा सप्ताब्यापी कार्यक्रम मनाइ आन्तरिक पर्यटन प्रबर्दनमा गर्ने सोच आफैमा उदाहरणीय रहेको बताउदै यसरी नै सबै क्षेत्रबाट कुनै न कुनै गतिविधि डल्फिन क्षेत्रमा गर्न आवश्यक वडा अध्यक्ष डगौराले बताए।
डल्फिन, जलचरको सन्दर्भ र वर्तमान संरक्षणको अवस्थाको बारेमा DABC Nepal का अध्यक्ष भोज राज ढुंगानाले जानकारी दिएका थिए भने माया चिनो वितरण तथा डुङ्गामा डाल्फिन अवलोकन समेत गरिएको थियो ।