टीकापुर नगरपालिकाका एकजना कर्मचारीमा कोरोना पुष्टि

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २१असोज
/ टीकापुर नगरपालिकामा कार्यरत एकजना कर्मचारीमा कोरोना देखिएको छ । स्वास्थ्य शाखा प्रमुख बलबहादुर रावलका अनुसार एकजना पुरुष कर्मचारीमा कोरोना देखिएको हो । उनको सोमवार स्वाब संकलन गरिएको थियो ।

कर्मचारीमा कोरोना देखिएपछि नगरपालिका सिल गर्ने तयारी भैरहेको टीकापुर नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद अर्यालले जानकारी दिएका छन। उनले कर्मचारीमा कोरोना देखिएपछि अरुलाई सर्न सक्ने सम्भावनालाई मध्यनजर गर्दै नगरपालिका सिल गर्ने तयारी भैरहेको बताए । टीकापुर नगरपालिकामा आज मात्रै १० जनामा कोरोना देखिएको स्वास्थ्य शाखा प्रमुख रावलले जानकारी दिए । उनका अनुसार नगरपालिका भित्र कोरोना संक्रमितको संख्या २०२ पुगेको छ । ती मध्ये ५० जना सकृय र अन्यलाई निको भैसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *