बजारमा नक्कली नोट देखिन थाले

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर १६ असोज
/पछिल्लो समय बजारमा नक्कली नोट देखिन थालेपछि त्रास बढेको छ ।
बैंक तथा पसलहरुमा नक्कली नोट देखिएपछि त्रास बढेको हो । मंगलबार धनगढीमा रहेको माछापुछ्रे बैंकको एटीएमबाट १० हजार रुपैयाँ निकाल्दा एक हजार रुपैयाँ नक्कली फेला परेको थियो भने शुक्रबार भजनीमा केही पसलहरुमा नक्कली नोटहरु फेला परेको बताइएको छ ।
उद्योग वाणिज्य संघ भजनीका उपाध्यक्ष हरि देवकोटाका अनुसार झट्ट हेर्दा थाह नहुने एक हजारका नक्कली नोटहरु भजनी बजार क्षेत्रमा फेला परेका छन् । उनले भजनी बजारमा रहेको चाउमिन पसल, होटल र बिजुली
पसलमा एक हजारका नक्कली नोट फेला परेको बताएका छन् ।
‘हेर्दा कुनै फरक छैन । राम्रोसँग हेरेमात्र केही छ्ुट्याउन सकिन्छ ।’ उपाध्यक्ष देवकोटाले भने, ‘व्यापारी–हरुमा नक्कली नोटको कारोबार हुन थालेपछि त्रास बढेको छ । यसको छिट्टै खोज अनुसन्धान हुन नसके व्यापारीहरुले नै ठूलो समस्या भोग्ने स्थिति आउन सक्छ ।’
देवकोटाले ती नक्कली नोटहरु कहाँबाट आए भन्नेबारे व्यापारी–हरुसँग पनि कुनै जानकारी नभएको बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *