महाधिवेशन प्रतिनिधिमा अधिकारीको उम्मेदवारी

शेयेर गर्नुहोस


टीकापुर ०८ असोज /
नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत कैलाली क्षेत्र नं. १ बाट महाधिवेशन प्रतिनिधि (खुला युवा, ३५ वर्षमुनि) पदमा नवीन अधिकारीले उम्मेदवारी दिने भएका छन् ।
पार्टीको १५औँ महाधिवेशनको मूल नारासँगै परम्पराको सम्मान, परिवर्तनको संकल्प र समुन्नत नेपाल निर्माणका लागि अधिकारीले महाधिवेशन प्रतिनिधिमा उम्मेदवारी दिने भएका हुन । उनले महाधिवेशन प्रतिनिधिका रूपमा आफूलाई समर्थन गर्न पार्टीका प्रतिनिधि तथा शुभेच्छुकसँग अमूल्य मत, साथ र विश्वासको अपेक्षा गरेका छन् ।
अधिकारीले आफ्नो उम्मेदवारीलाई नेपाली कांग्रेसको संगठनमा युवा सहभागिता र नेतृत्वसँग जोड्दै अघि बढाउने बताएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *