रेप्टिकुलोमा पुल नहुँदा सास्ति,तत्काल पुल निर्माण गर्न माग

शेयेर गर्नुहोस


समाधान समाचार

भजनी ०२ भाद्र / जिल्ला भजनि नगरपालिकामा गत श्रावन १४ गते आएको बाढीको कारण क्षेती भएको रेप्टिकोलोमा पुल नहुदा स्थानीयलाई आवतजावतको लागि सास्ती भएको छ।
सोमबार भजनी नगरपालिका वार्ड नं.३ कुसमघाट र नयाँ बस्ती बस्ती पुग्नु भएका सुदूरपश्चिम प्रदेश सभा सदस्य माननिय वीरभाम चौधरी लगायतको टोलीलाई त्यहाँका स्थानिय जनताले अनुगमन धेरै भयो अब उपलब्धिको काममा लाग्न आग्र्ह गरेका छन। स्थानीयले रेप्टीकुलोमा तत्काल पुल निर्माण गर्न घोषणा गर्न सके मात्र यो निरीक्षणले सार्थक पाउने बताएका छन। भजनी नगरपालिका वार्ड नं.३ कुसुमघाटका जनक साउदले आज भन्दा ६/७ वर्ष अगाडि पुलको DPR समेत तयार भएपनी पुल निर्माण नहुनुको कारण खोज्दै यो वर्ष भित्र पुल निर्माणको माग स्थानिय जनताको रहेको बताएका छन। त्यस्त्तै भजनी नगरपालिका वडा नं.३ नयाँ बस्ती कै राजु चन्दले सडक निर्माण नगरपालिकाले गरीरहेको भएपनि रेप्टीकुलोमा पुल निर्माणका लागि पहल गर्नुपर्ने भन्दै स्थानियलाई हरहालतमा पुल आवश्यक रहेको बताएका छन। रेप्टीकुलोमा केही वर्ष अगाडि निर्माण गरीएको काठे पुलको आधा भाग बाढी बगाएको छ ।जसले गदा दुर्गा मा.बि.कुसुमघाटमा पढ्ने बालबालिकाहरु लाई आवत जवात सार्है अप्ठेरो र जोखिम छ । उक्त कुलोमा पुल निर्माण गरी दिन स्थानियले आग्रह गर्दै आएका छन।
स्थानिय जनसमुदायको माग आए पाछि उक्त कुलोमा भत्काएरको काठेपुल निरीक्षण गर्नुका साथै नगरपालिकाको समन्वमा प्रदेशबाट पुल निर्माण गर्ने प्रदेश सांसद वीरभान चौधरीले प्रतिवद्धता ब्यक्त गरेका छन । उक्त क्षेत्रमा बिश्व कै दुर्लभ जलचर डल्फिन पाइन्छ उक्त कुलोमा पुल नहुँदा उक्त क्षेत्र ओझेलमा परेको छ । वर्षौ पुरानो समस्या समाधान हुनेमा स्थानीयना बिश्वास गाजेको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *