शेयेर गर्नुहोस
टीकापुर १० असोज /
जानकी गाउँपालिका वडा नं. ८ मा आगामी स्थानीय तहको निर्वाचनमा वडा अध्यक्षका लागि युवा व्यवसायी भीमबहादुर रावलको चर्चा बढ्दै गएको छ
युवाहरूमा निकै लोकप्रिय रावल जनताको सुख दुखमा साथ दिने, जनताको भावना बुझ्ने र समाजका लागि केही गर्नुपर्छ भने सोचले युवा व्यवसायी रावललाई नेतृत्वमा देख्न चाहने युवाहरूको आवाज पछिल्लो समय झन् बढ्दै गएको छ
जनताको चाहना, युवाहरूको आवाज र परिवर्तनको अपेक्षा गर्ने रावल समाजलाई मिलाएर लैजानसक्ने क्षमता राख्छन् ।
जानकी गाउँपालिका वडा नं. ८ का युवाहरूले उनलाई अगाडि बढाउन र आफ्नो विचार तथा चाहना व्यक्त गर्न प्रेरित गरिरहेका छन् भने अबको नेतृत्वमा युवाको सोच, जनताको भावना र समाजप्रतिको जिम्मेवारीलाई प्राथमिकता दिनुपर्ने आवाज उठिरहेको छ ।










