क्याम्पसको पदस्थापन:अध्यक्षमा रावल, उपाध्यक्षमा तिमिल्सैना

शेयेर गर्नुहोस


समाधान समाचार,
टीकापुर २२ भाद्र/
बिरेन्द्र बहुमुखी क्याम्पस टीकापुरको क्याम्पस सभाबाट निर्वाचित व्यवस्थापन समितिको आज पदस्थापन सम्पन्न भएको छ ।
नयाँ पदाधिकारीको पदस्थापन अनुसार अध्यक्षमा नवराज रावल र उपाध्यक्षमा मातृका तिमिल्सैना रहेका छन । क्याम्पसको विधान अनुसार अध्यक्ष क्याम्पस सभाबाट र उपाध्यक्ष पहिलो बैठकको निर्णय अनुसार चयन गरिएको हो ।
नयाँ पदस्थापन भएका सदस्यहरुमा महेन्द्र बम, जगदिश्वर पण्डित, दयाराम सञ्ज्याल, राजेश टमट्टा, कमला बिष्ट, किसनलाल डगौरा थारु, र बिरेन्द्र साँउद रहेका छन ।
व्यवस्थापन समितिको पहिलो बैडठकले विधान अनुसार दुई जना सदस्य समेत मनोनित गरेको छ । मनोनित गरिएका सदस्यहरुमा लोकबहादुर खडका र झपट बुढा रहेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *