शेयेर गर्नुहोस
टीकापुर २८ असार/
चालू आर्थिक वर्षमा जानकी गाउँपालिकाले कुल बजेटको झण्डै ८७ प्रतिशत बजेट खर्च गरेको छ ।
गाउँपालिकाले असार २५ गते कारोबार समयसम्म चालु आर्थिक वर्षको कुल बजेटको ८६ दशमलव ९१ प्रतिशत बजेट खर्च गरेको हो । गाउँपालिकाले चालू तर्फ ९२ दशमलव ५२ प्रतिशत खर्च गरेको छ भने ७४ दशमलव ७८ प्रतिशत बजेट पुँजीगत तर्फ खर्च गरेको प्रमुख प्रशासकीय अधिकृत आशिष चौधरीले जानकारी दिएका छन् ।
चालू आर्थिक वर्षका लागि गाउँपालिकाले ६१ करोड ४६ लाख १८ हजार बजेट विनियोजन गरेको थियो । जसमा चालुतर्फ ४२ करोड चार लाख ५१ हजार तीन सय एक रुपैयाँ विनियोजन भएको थियो भने पुँजीगत तर्फ १९ करोड ४१ लाख ६६ हजार ६ सय ९९ रुपैयाँ विनियोजन भएको थियो ।
गाउँपालिकाले चालू आर्थिक वर्षमा विनियोजन भएको बजेट मध्ये ३८ करोड ८९ लाख ८५ हजार एक सय ५७ रुपैयाँ ५६ पैसा खर्च गरेको छ । त्यसैगरी पुँजीगत तर्फ विनियोजन भएको बजेटबाट १४ करोड ५२ लाख पाँच हजार ७ सय ६१ रुपैयाँ ८२ पैसा खर्च गरेको छ । जुन ५३ करोड ४१ लाख ९० हजार ९ सय १९ रुपैयाँ ३८ पैसा हुन आउँछ ।