डल्फिन क्षेत्रमा मनाइयो विश्व पर्यटन दिवस

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी ११ असोज /
डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल विश्व पर्यटन दिवस मनाएको छ।
अध्यक्ष भोज राज ढुंगानाको अध्यक्षतामा भएको कार्यक्रममा टिकापुर नगरपालिका वार्ड नं.७ का वडाअध्यक्ष रामलाल डगौराको प्रमुख अतिथि रहेका थिए।
डल्फिन जलचर तथा जैविक विविधता संरक्षण नेपालका सचिव नरेन्द्र प्रसाद रेग्मीले स्वागत मन्तव्य राख्नु भएको कार्यक्रमको बिरुवा रोपेर प्रमुख अतिथि टिकापुर नगरपालिका वार्ड नं.७ का वडाअध्यक्ष रामलाल डगौराले उद्घाटन गरेका हुन।
कैलाली जिल्लाको दक्षिण पूर्वी क्षेत्र पर्यटकीय दृष्टिकोणले महत्वपुर्ण गन्तव्य रहेकोले पर्यटन प्रबर्द्दनको लागी प्रचार प्रसार गर्ने उद्देश्यले विश्व पर्यटन दिवस मनाइएको डल्फिन, जलचर तथा जैविक विविधता संरक्षण नेपाल कैलालीका उपाध्यक्ष कल्पना ढुंगानाले बताइन। उक्त कार्यक्रममा संरक्षणकर्मी नन्द बोहरा, धनसरी कोरोना , गोविन्द कोइला, पत्रकार भिम श्रीपाइलीले मन्तव्यका क्रम डल्फिन क्षेत्र, टिकापुर सत्ति कर्णाली समुदायिक बन,ताल , सत्तिको शिब मन्दिर, थारू समुदायको संस्कृतिको समग्र बिकास गर्नु पर्ने जोड दिएका थिए।
भजनी नगरपालिका वार्ड नं.७ का वडा सदस्य कृष्णलाल धमालाले स्थानिय समुदाय लगायत सम्पूर्ण सरोकारवाला एकताबद्धता जनाउँदै टिकापुर भजनी डल्फिन पर्यटकीय क्षेत्र”को बिकासमा हाते मालो गर्नुपर्ने बताए। उनले टिकापुर र भजनी नगरपालिकामा पनि लौका भौका ताल , बसन्ता जैविकमार्ग, माँ शक्ति स्वरुपा लगायत जैविक विविधताले भरिपूर्ण रहेको बताएजा छन।सम्पूर्ण क्षेत्रको एकिकृत बिकासको लागी भजनि नगरपालिकाले डाल्फिन पथ मार्ग,लौका भौका लगायत पर्यटकीय क्षेत्रको डिपिआर निर्माण भइ निर्माण कार्य सुर भई रहेको धमलाले बताए।
टिकापुर नगरपालिका वार्ड नं.७ का वडाअध्यक्ष रामलाल डगौरा थारुले पर्यटकीय क्षेत्रको बिकासको लागी क्रमिक रूपमा काम काम भै रहेको भन्दै डल्फिन क्षेत्रको बिकासको लागी सक्दो सहयोग गर्न प्रतिबद्धता ब्याक्त गरेका छन। ।पर्यटकीय क्षेत्रलाई व्यवस्थित गर्न टिकापुर नगरपालिकाले डल्फिन मार्ग निर्माण, सत्ति मन्दिर , सत्ति कर्णाली बन लगायत क्षेत्रको डिपिआर तयारको काम भै रहेको बताएका छ्न। कार्यक्रमको सन्चालननेपालका महा सचिव जय प्रसाद ढुंगानाले गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *