नेकपा समाजवादीको पार्टी कार्यालय उद्घाटन

शेयेर गर्नुहोस


समाधान समाचार, टीकापुर २२ कार्तिक /

नेपाल कम्युनिस्ट पार्टी (एकीकृत समाजवादी) टीकापुर नगर कमिटीको पार्टी कार्यालयको सोमबार उद्घाटन गरिएको छ ।
नेकपा एकीकृत समाजवादी पार्टी केन्द्रिय सचीव तथा सुदुरपश्चिम प्रदेश इन्चार्ज गरिमा शाहले एक कार्यक्रमका बिच पार्टी कार्यालयको उद्घाटन गरिकी हुन । सुदुरपश्चिम इन्चार्ज शाहले नयाँ पार्टी निर्माणको नयाँ यात्रा शुरु भएको बताउँदै आफूहरु कम्यूनिष्ट आन्दोलनको पूर्नगठनमा लागेको बताएकी छन् । पार्टी नयाँ भएकाले पार्टी निर्माण सबै सदस्यहरुलाई सक्रिय भएर काम गर्न आग्रह गर्दै शाहले कुनै पनि काम गर्नको लागि आफैबाट शुरुवात गर्नु पर्ने र एक दिनको कालो चिया भएपनि पार्टीका लागि छुटउन आवश्यक रहेको बताएकी छन् ।
पार्टी केन्द्रले ३ ओटा निति लिएको भन्दै त्यहि अनुसार तल गाउँटोलसम्म काम गर्न सुझाव समेत प्रदेश इन्चार्ज शाहले दिएकी छन् । उनले सिद्धान्तमा अडिक नभएकै कारण एमालेबाट बिद्रोह गरी नयाँ पार्टी खोल्नुपरेको बताउँदै देश विकास र समृद्धिका लागि समाजवादी पार्टीले मात्रै जनताको अपेक्षालाई पूरा गर्नसक्ने बताएकी छन् । प्रदेश इन्चार्ज शाहले अहिले पार्टीको सांगठनिक बिस्तारको काम चलिरहेको अवस्थामा अन्य पार्टीहरुबाट एकीकृत समाजवादी पार्टीमा आउनेहरूको लर्को समेत लाग्ने गरेको बताएकी छन् । नगर कमिटी अध्यक्ष रंग प्रसाद अधिकारीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत उपाध्यक्ष भागिराम चौधरीले गरेका थिए भने सञ्चालन सचिव रामबहादुर विकले गरेका थिए । कार्यक्रममा पार्टीका प्रदेश कमिटी, जिल्ला कमिटी, नगर कमिटी र विभिन्न जनवर्गिय संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो ।
सोही कार्यक्रममा असोज १ गते गठन भएको पार्टीको नगर कमिटीका पदाधिकारीहरिको सपथ ग्रहण समेत भएको छ । रंग अधिकारीको अध्यक्षतामा पार्टीको नगर कमिटी गठन भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *