पुस्तकालय दिवसमा वक्तृत्वकला प्रतियोगिता

शेयेर गर्नुहोस


टीकापुर १३ भदौ /
नेपाल लाइब्रेरी फाउन्डेसन, नेपाल गृह पुस्तकालय अभियान सुदुरपश्चिम् प्रदेस समन्वय समितिको आयोजना तथा श्री अरुणोदय माध्यमिक विद्यालय जानकी गाउँपालिका वडा नं. ९ खैरिफाँटाको सहकार्यमा बक्तृत्वकला प्रतियोगिता सम्पन्न भएको छ ।
अठारौं पुस्तकालय दिवस “हाम्रो पुस्तकालय, हाम्रो भविष्य” भन्ने मुल नाराका साथ आज विद्यालयमा अध्ययनरत विद्यार्थीहरुका माझमा “पठन संस्कृति प्रबर्द्धनमा पुस्तकालयको महत्व” भन्ने शीर्षकमा वक्तृत्वकला प्रतियोगिता सम्पन्न गरिएको हो । प्रतियोगितामा हेलन भाट प्रथम, रितेश भाट दोस्रो र सागर जैशी तेस्रो भएका छन् ।
कार्यक्रममा विद्यालयका पुर्व प्रधानाध्यापक टेक बहादुर धामी, अभिभावक कमल बहादुर शाही, वडा नं. ९ न वडा सदस्य तेज बहादुर रावल लगायत शिक्षक, कर्मचारी र विद्यार्थीहरुको उपस्थिति रहेको थियो । कार्यक्रम नेपाल लाइब्रेरी फाउन्डेसन गृह पुस्तकालय अभियान सुदुरपश्चिम् संयोजक तथा बिधालयका प्रधानाध्यापक कपिल राज भाटको अध्यक्षतामा सम्पन्न भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *