बामदेव गौतमद्वारा ट्राफिक बिटको उद्घाटन

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी २६ असोज /
कैलालीको भजनी नगरपालिकामा सुदुर पश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रमुख प्रहरी उपरीक्षक बामदेव गौतमले आज ट्राफिक प्रहरी बिटको उद्घघाटन गर्नु भएको छ ।
भजनी नगरपालिका पडरिया चोकमा भनजी नगरपालिकाको सहयोगमा १ लाख ३५ हजार रुपैयाँको लागतमा निर्माण गरिएको ट्राफिक प्रहरी बिटको उद्घाटन गरिएको हो । भजनी नगरपालिकाका प्रमुख शेर बहादुर चौधरीको सभापतित्वमा भएको कार्यक्रममा प्रमुख अतिथि सुदुरपश्चिम प्रदेश ट्राफिक प्रहरी कार्यालय अतरियाका प्रमुख बामदेव गौतम रहनु भएको थियो ।
प्रमुख अतिथि गौतमले भजनी नगरपालिकाले ट्राफिक प्रहरी बिट बनाई सहयोग गरेकोमा धन्यबाद ब्यक्त गर्नु भयो । यस क्षेत्रमा हुने सवारी दुर्घटना न्युनिकरण गर्नका लागि ट्राफिक प्रहरी सदैब लागि पर्ने बताउनु भयो ।
कार्यक्रममा भजनी नगरपालिकाका उप प्रमुख छाँया देबकोटाले भजनीमा दुर्घटना न्यूनीकरणमा कमि आउने बिश्वास गर्दै सवारी चालकमा समेत ट्राफिक भएपछी सचेतना आउने बताएकी छन। कार्यक्रममा स्थानिय नेता कार्यक्रर्ता तथा सबैसाधारणहरुको समेत सहभागिता रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *