भजनी प्रमुख प्रशासकीय प्रमुख विहिन

शेयेर गर्नुहोस


भजनी ०९ भदौ /
भजनी नगरपालिका यतिबेला प्रमुख प्रशासकीय अधिकृत बिहिन छ ।
नगरपालिकामा कार्यरत प्रमुख प्रशासकीय अधिकृत निलम कुमार न्यौपानेको सरुवा भएपछि नगरपालिकामा अर्को प्रमुख प्रशासकीय अधिकृतको नाम सिफारिस हुन सकेको छैन । एक वर्ष भन्दा लामो समय भजनी नगरपालिकाको प्रशासकीय प्रमुखको जिम्मेवारी निर्वाह गरेका न्यौपाने जनप्रतिनिधिसँगको टसलका कारण सरुवा भएको भन्ने छ ।
केही जनप्रतिनिधिले चाहेअनुकुल काम नभएपछि लामो समयदेखि सरुवाको लागि लागेका थिए । त्यतिमात्र होइन प्रमुख प्रशासकीय अधिकृत न्यौपानेलाई आफू अनुकुल रिझाउनका लागि नगरपालिको उत्कृष्ट प्रशासनिक कार्यसम्पादन गरेको भन्दै कार्यपालिकाबाट निर्णय गराएर तीन लाख ७५ हजार नगद पुरस्कार नै दिन भ्याए । उसो त कार्यसम्पादन राम्रो गर्ने कर्मचारीलाई प्रोत्साहन स्वरुप नगरपालिकाले पुरस्कारका लागि पाँच लाख विनियोजन गरेको थियो । त्यसबाट तीन लाख ७५ हजार प्रमुख प्रशासकीय अधिकृतलाई भुक्तानी भएको नगरपालिकाका लेखापाल रविन्द्र देउवाले बताएका छन् ।
नगरपालिकाले कति उत्कृष्ट काम गरेको रहेछ भन्ने कुरा त स्थानीय तहको संस्थागत क्षमता मुल्यांकनको नतिजाले देखाइ सकेको छ । शिक्षामा एसईईको पछिल्लो नतिजाले देखाइएको छ । प्रमुख प्रशासकीय अधिकृत न्यौपानेले बिधालयको नतिजा उत्कृष्ट नभए जागिरबाट राजिनामा दिने सम्म भ्याएका थिए । तर नगरपालिकाको एसईईको नतिजाले न्यौपानेलाई लज्जाबोध नभएको स्थानीय बताउँछन् ।
चालू आर्थिक वर्षको बजेट तथा कार्यक्रम कार्यान्वयन गर्ने समय हुँदा एकाएक भएको उनको सरुवा जनप्रतिनिधिसँगको प्रतिशोध भन्दा अरु केही होइन । किनभने नगर प्रमुख केवल चौधरी, प्रवक्ता विक्रम चौधरीसँग उनको सम्बन्ध झण्डै छ महिनादेखि बिग्रदै गएको थियो । नगर प्रमुख चौधरीले न्यौपानेको सरुवाको लागि यसभन्दा पहिलेदेखि नै आन्तरिक लविङ गरेका थिए । न्यौपाने सरुवा हुँदा पनि न्यौपानेको ठाउँमा अर्को प्रमुख प्रशासकीय अधिकृत को आउने भन्ने अझै निश्चित भएको छैन । त्यसै पनि भजनी नगरपालिकामा कार्यालय प्रमुख आउन नमान्ने स्रोतको दाबी छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *