भजनी स्वास्थ्य केन्द्रमा आइतबार देखि सबै सेवा सुरु

शेयेर गर्नुहोस

समाधान समाचार,
भजनी २४ असोज / भजनी स्वास्थ्य केन्द्रले भोलि आइतबार देखि सबै सेवा सुचारु गर्ने भएको छ।
स्वास्थ्य केन्द्रमा कार्यरत १५ जना स्वास्थ्यकर्मीहरुमा कोरोना भाइरसको संक्रमण देखिएपछी स्वास्थ्य केन्द्रले प्रसुती सेवा बाहेकका सबै सेवा बन्द गरेकोमा संक्रमित स्वास्थ्यकर्मी मध्ये १३ जनाको पछिल्लो रिपोर्ट नेगेटिभ आएपछी सबै सेवा सुचारु गर्ने भएको हो। स्वास्थ्य केन्द्रका प्रमुख भगवान श्रेष्ठले एक सुचना जारी गर्दै आइतबार देखि बन्द भएका सबै सेवा सुरु गर्ने बताइएको छ।साथै स्वास्थ्य सेवा लिन आउदा अनिवार्य स्वास्थ्य सुरक्षाको मापदण्ड अपनाएर आउन सेवाग्राहीहरुलाई आग्रह गरिएको छ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *