मुल भन्सारको पीडा, एउटै भवन, सबै काम

शेयेर गर्नुहोस


झलनाथ खनाल
टीकापुर ०१ असोज/
कैलालीको टीकापुर नगरपालिका वडा नं. ९ मा रहेको सत्ती भन्सार कार्यालय मुल भन्सारको रुपमा स्तरउन्नति भएको दुई बर्ष भैसक्दा पनि चाहिने संरचना निर्माणको काम अघि बढ्न सकेको छैन।
सत्ती छोटी भन्सार हुँदा निर्माण भएका संरचनाबाटै कामकाज भइरहेको भएपनी कार्यालयका लागि चाहिने आवश्यक संरचना निर्माण हुन नसक्दा सेवा प्रवाहको काममा समेत समस्या हुँदै आएको छ। गत आर्थिक बर्षमा यात्रु सहायता कक्ष, भन्सार कार्यालयमा घेरा पर्खाल लगायत संरचना निर्माणका लागि करिब तीन करोड बजेट आएको भएपनी कुनै काम नै नगरी पुरै रकम फ्रीज गएको कार्यालयका सुचना अधिकारी धर्मराज बिकले बताउनुभएको छ। ” बिभागबाट बजेट आएको थियो। कोरोनाको कारण कुनै प्रक्रिया नै अगाडि बढ्न सकेन। ” सुचना अधिकारी बिकले भन्नुभयो,” बजेट फ्रीज गयो। काम गर्न सकिएन। भन्सारको समस्या जस्ताको तस्तै छ।”
भन्सार कार्यालयसंग एउटै भवन मात्र छ। त्यही भवनमा कर्मचारीको आवास, कार्यालय, गोदाम छ भने एक कोठा बैंकलाई पनि दिइएको छ। संरचना अभावकै कारण खाद्यान्न , तरकारी, फलफूल तथा पशु जाचको गुणस्तर परिक्षण केन्द्र समेत सुचारु हुन सकेको छैन। व्याबसायीहरु त्यस्ता सामानको आयतका लागि भारत नेपालको छोटो दुरी सत्ती भन्सार भएपनी अझै कैलालीको त्रीनगर भन्सार वा नेपालगन्जको रुपडिया नाकालाई नै प्रयोग गर्नु पर्ने बाध्यता रहेको बताउछन।
स्थानिय तरकारी ब्यबसायी समीर चौधरीले नजिकै भन्सार कार्यालय हुदा पनि त्यसको सदुपयोग गर्न नसकेको बताउनुभयो। ” नजिकै भन्सार कार्यालय छ। तर हामिले त्रीनगर कित रुपडिया भन्सार जानुपर्छ।” चौधरीले भन्नुभयो,” सत्ती भन्सार कार्यालयमै सबै सुबिधा भएको भए धेरै खर्चको भार पर्ने थिएन र उपभोक्ताले पनि चर्को मूल्य तिर्नु पर्ने थिएन।” भन्सारमा सरुवा भएर आउने कार्यालय प्रमुखहरु कार्यालय भन्दा बढी बिदामा बस्ने भएका कारण पनि आएको बजेट खर्च हुन नसकेको स्थानियको गुनासो रहदै आएको छ। चालू आर्थिक बर्षमा पनि भन्सार कार्यालयमा संरचना थपका लागि करिब दुई करोड रुपैया आएको सुचना अधिकारी धर्मराज बिकले बताउनु भयो।
भन्सारले लाखौं पर्ने बरामद भएका मोटरसाइकलको लिलाम समेत गर्न सकेको छैन। झन्डै एक सय भन्दा बढी मोटरसाइकल भन्सार परिसरमा थन्किएका छ्न। थन्किएका मोटरसाइकल दिनप्रतिदिन कवाड बन्दै गएको भएपनी गत बर्ष देखि भन्सारले ती सवारी साधनको लिलामी प्रक्रिया अगाडि बढाउन सकेको छैन। बरामद गरि ल्याइएका मोटरसाइकल साइकलका बाहिरी पाटपुर्जा समेत गाएब भएका छन। भन्सार पुर्याएको हप्ता दिनमै मोटरसाइकलका महत्त्वपूर्ण पाटपुर्जा भन्सार कर्मचारीकै मिलेमतोमा गायब हुने गरेको स्थानियको भनाइ रहेको छ। बढी जसि चोरी पैठारीमा प्रयोग भएका दुई नम्बरी मोटरसाइकल भन्सार पुग्ने गरेका छन।

Leave a Reply

Your email address will not be published. Required fields are marked *