शेयेर गर्नुहोस
टीकापुर २२ चैत /
निसि चिबा एजुकेसन सेन्टर टीकापुरले अध्ययनका लागि जापान जान उतिर्ण भएका बिद्यार्थीलाई स्वागत तथा बधाई दिएको छ ।
सेन्टरका सञ्चालक हर्क जंग अधिकारीको अध्यक्षतामा भएको उक्त कार्यक्रमको प्रमुख अतिथि प्रभु इन्स्योरेन्स कम्पनी टीकापुरका प्रमुख नरबहादुर शाही रहेका थिए भने विशिष्ट अतिथि हिमालयन बैंक टीकापुरका प्रमुख प्रनिल पहराई रहेका थिए ।
एजुकेसन सेन्टरबाट अध्ययन गरेर सफल भएका २७ जना बिद्यार्थी अध्ययन भिसामा अप्रिलमा जापान जान लागेको सञ्चालक अधिकारीले जानकारी दिएका छन् । उनका अनुसार विषेशगरी जापान जान चाहनेहरुका लागि सर्वसुलभ रुपमा लामो समयदेखि निसि चिबाले पठाइरहेको बताएका छन् ।
बिद्यार्थी पुजा पुन मगरले स्वागत गरेको कार्यक्रमको सञ्चालन भीमबहादुर बिसीले गरेका थिए ।
अभिभावकको तर्फबाट धनबहादुर बुढा मगर, युवा समाजसेवी भरत भण्डारी लगायतले शुभकामना मन्तव्य दिएका थिए ।










