विध्वंस राम्रो होइन भन्ने त्यो सोच”

शेयेर गर्नुहोस


टीकापुर ०२ असोज/
भदौ २३ र २४ गते जेन जि पुस्ताले देशैभर आन्दोलन गर्यो ।
२३ गतेको शान्तिपुर्ण आन्दोलनका क्रममा सरकार पक्षबाट भएको आक्रमणमा कैयौंले ज्यान गुमाए भने कयौं घाइते भए । त्यसको भोलिपल्ट २४ गते आन्दोलनको रुप फेरियो । प्रहरीको गोलि लागेर मरेका जेन जि अनि घाइते भएकाहरु प्रती सहानुभूति देखाउँदै सरकारको कार्यशैली प्रती देश नै आक्रामक भयो । त्यसै क्रममा देशका जताततै आगजनी र तोडफोड हुन थाल्यो । राज्यले खर्बौको नोक्सानी बेहोर्नु पर्यो ।
त्यो आन्दोलनबाट टीकापुर नगरपालिका पनि अछुतो रहन सकेन । नगरपालिकामा पनि जेन जिको नामबाट आक्रमण भयो । तोडफोड भयो । नगरपालिकाका सवारीसाधनमा आगजनी भयो । त्यो समयमा यस्तो गर्न हुँदैन भन्ने व्यक्ति जेन जि आन्दोलनको विरोधी बन्थ्यो । त्यसकारण पनि कैयौंले त्यस्ता गलत प्रवृत्ति रोक्ने आट हुँदा पनि निरीह बन्नुपर्यो ।
आन्दोलनकारीले नगरपालिकाका सवारीसाधनमा आगजनी गर्दा एक जना बालक भने त्यो आगो निभाउन प्रयत्नशील रहे । टीकापुर नगरपालिका वडा नं.१ विशालनगरका ११ वर्षीय राकेश ढकालले आगो निभाउन नसके पनि उनको प्रयासको निकै चर्चा भयो । आन्दोलनका नाममा समाज बदल्नुपर्छ भन्न सोचले आगो लगाउनेलाई उनको प्रयासले यस्तो विध्वंसले समाज बन्दैन भन्ने सन्देश दिइरहेको थियो ।
सानै उमेर भए पनि धार्मिक आस्था भएका राकेशले कसैको ज्यान लिएर अनि सार्वजनिक सम्पत्ति नष्ट गरेर समाज परिवर्तन हुन नसक्ने बताए । “यसरी सार्वजनिक सम्पत्ति नष्ट गरेर देश बन्दैन ।” उनले भने, “यस्ता विध्वंसले आफैलाई क्षति हुन्छ । त्यो कुरा अहिलेको समाजमा बुझाउन गाह्रो छ ।” नगरपालिकाको गाडीमा आगलागी हुँदा मानवीयताको नाताले आफुले आगो निभाउने प्रयास गरेको बताए ।
आज तिनै ११ वर्षीय राकेशलाई सरकारी सम्पत्ति जलेर खरानी भइरहेको संवेदनशील घडीमा आगो निभाउने अदम्य साहस देखाएको भन्दै टीकापुर नगरपालिकाले सम्मान गरेको छ । राष्ट्रप्रेम, चेतना र जिम्मेवारीको यस्तो दुर्लभ उदाहरण प्रस्तुत गरेको भन्दै टिकापुर नगरप्रमुख रामलाल डगौरा थारुले ढकाललाई आफ्नो कार्यकक्षमा बोलाएर सम्मान गरेका हुन ।
घरको आर्थिक अवस्था कम्जोर भएका राकेश टीकापुर स्थित खड्ग स्मृति माद्यामिक बिधालयमा अध्ययन गरिरहेका छन् । गुरुकुल शिक्षाको अध्ययन पनि सँगसँगै गरिरहेका उनी पढाईको बाँकी समय केही धार्मिक किताबहरु किनेर बजारमा बिक्रि गर्ने काम समेत गर्दै आएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *