शेयेर गर्नुहोस
टीकापुर २२ भदौ /
टीकापुर उद्योग वाणिज्य संघको २६ औं साधारण सभाबाट सन्तोष खड्का अध्यक्षमा निर्वाचित हुनुभएको छ । शनिबार सम्पन्न भएको मतदानमा खड्का ६ सय २७ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी कृष्ण प्रसाद उपाध्याय बजगाईले ५ सय १४ मत प्राप्त गर्नुभएको छ . संघको उपाध्यक्ष उद्योगतर्फ दिपेन्द्र रावल ५ सय ४० मत ल्याएर विजयी हुनुभएको छ । रावलका निकटतम प्रतिद्वन्दी तपेन्द्र कुँवरले ५ सय २३ मत प्राप्त गर्नुभएको छ भने उपाध्यक्ष वाणिज्य तर्फ ५ सय ४५ मत ल्याएर अर्जुन भट्टराई विजयी हुनुभएको छ । उहाँका प्रतिद्वन्दी लोकेश साउँदले ५ सय ३६ मत ल्याउनु भएको छ ।
त्यसैगरी महासचिवमा प्रकाश तिमिल्सिना विजयी हुनुभएको छ । उहाँले ५ सय ६१ मत ल्याएर विजयी हुनुभएको हो । उहाँका निकटतम प्रतिद्वन्दी पृथ्वीराज ढुंगानाले ५ सय ५१ मत प्राप्त गर्नुभएको छ । सचीवमा ५ सय ५४ मत ल्याएर प्रकाश शाह विजयी हुँदा उहाँका निकटतम प्रतिद्वन्द्वी हिक्मत रावलले ५ सय १५ मत ल्याउनुभएको छ ।
संघको कोषाध्यक्षमा टीका शाही विजयी हुनुभएको छ । शाहीले ५ सय ६७ मत प्राप्त गर्दा उहाँका निकटतम प्रतिद्वन्दी टेकबहादुर सोडारीले ५ सय ३५ मत ल्याउनुभएको छ । त्यस्तै सदस्यमा उपेन्द्र बटाला६ सय ७१, जनक बहादुर विष्ट चार सय ९१, दिपक साउँद चार सय ८४, रुपक बहादुर विष्ट ५ सय १४, विजय धामी चार सय ८५, सर्पराज साउँद चार सय ७४ मत ल्याएर विजयी भएका छन् ।
सदस्यतर्फ नै शैलेश साउँद ५ सय ६८ र हेमन्त रिमाल ६ सय ६८ मत ल्याएर निर्वाचित भएको निर्वाचन संयोजक रघु प्रसाद उपाध्यायले जानकारी दिनुभएको छ । उहाँका अनुसार महिला सदस्यमा जानकी शाह ६ सय ९५, दलित सदस्यमा रमेश तिखातरी ५ सय ४३ र जनजाति सदस्यमा सन्तोष कुमार कठरियाले ५ सय ७२ मत ल्याएर निर्वाचित हुनुभएको छ ।
निर्वाचित अध्यक्ष सन्तोष खड्काले संघलाई व्यापारी तथा व्यवसायीहरुको साझा संस्था बनाएर अगाडि बढ्ने बताउनुभएको छ । उहाँले व्यवसायीको हक हितका लागि संघले अग्रपंक्तिमा रहेर उद्योग वाणिज्य महासंघसँग समन्वय र सहकार्य गरेर काम गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको छ ।