शेयेर गर्नुहोस
टीकापुर २१ भदौ /
नयाँ नेतृत्व चयनका लागि टीकापुर उद्योग वाणिज्य संघको निर्वाचन आज हुन भएको छ ।
निर्वाचन संयोजक रघु प्रसाद उपाध्यायले दिएको जानकारी अनुसार संघको नयाँ नेतृत्वका लागि आज बिहान ८ बजेदेखि साझ ५ बजेसम्म मतदान कार्यतालिका रहेको छ । शान्तिपूर्ण ढंगबाट निर्वाचन सम्पन्न गर्नका लागि आवश्यक संयन्त्रहरु परिचालन गरिएको निर्वाचन संयोजक उपाध्यायले बताएका छन् ।
संघको नेतृत्वका लागि दुई प्यानल चुनावी मैदानमा छन् । कृष्ण प्रसाद उपाध्याय बजगाई र सन्तोष खड्का प्यानल नै खडा गरेर निर्वाचन लडिरहेका छन् । दुबै टिमले आफ्नो प्यानल जित्ने दाबी गर्दै आएका छन् । बगजाई प्यानलमा उपाध्यक्ष दिपेन्द्र रावल र अर्जुन भट्टराई, महासचिवमा प्रकाश तिमिल्सेना, सचीवमा प्रकाश शाह र कोषाध्यक्षमा टीका शाहीले उम्मेदवारी दिएका छन् ।
खड्का प्यानलबाट उपाध्यक्षमा तपेन्द्र कुँवर, लोकेश साउँद, महासचिवमा पृथ्वी राज ढुंगाना, सचीवमा हिक्मत रावल र कोषाध्यक्षमा टेकबहादुर सोडारीको उम्मेदवारी छ् ।