संस्थाको क्षमता विकास तालिम सुरु

शेयेर गर्नुहोस


टीकापुर २७ भदौ /
टीकापुर नगरपालिका स्तरीय टोल विकास संस्था गठन तथा परिचालनका लागि क्षमता विकास तालिम सुरु भएको छ ।
टीकापुर नगरपालिकाको समन्वय, द एशिया फाउन्डेसनको आर्थिक सहयोग तथा सहकर्मी समाजको आयोजनामा तीन दिने उक्त तालिम शुक्रबारदेखि सुरु भएको हो ।
टोल विकास संस्थालाई अझै मजबुत बनाउँदै संरचनागत विकास गर्नका लागि टोल विकास वडा तथा नगर सञ्जालको कानुन निर्माणलाई प्रभावकारी बनाउन तालिम सञ्चालन गरिएको बताइएको छ । सहकर्मी समाजका कार्यक्रम संयोजक नवराज जोशीले टोल विकास संस्थाको नगर स्तरीय सञ्जाल गठन तथा परिचालनका लागि आवश्यक सुझाव सहितको छलफल र क्षमता विकासको लागि तालिमको आयोजना गरिएको बताएका छन् । उनले टोल विकास संस्थालाई अझै व्यवस्थित र त्यसको संरचनागत विकासमा टेवा पुग्ने गरी काम भैरहेको बताएका छन् ।
द एशिया फाउन्डेसनका यज्ञमान सेठ्ठीले टोल विकास संस्थाले गर्दै आएका कामकाजहरु राम्रो रुपमा अगाडि बढिरहेको बताएका छन् । स्थानीय सरकारको साझेदार संस्था टोल विकास संस्था बनेको भन्दै उनले स्थानीय सरकारको बजेट कार्यान्वयन तथा योजना कार्यान्वयनमा महत्त्वपूर्ण भुमिका खेल्दै आएको बताएका छन् । सेठ्ठीले समाजलाई एकताबद्ध बनाउँदै सामाजिक सद्भाव तथामानवीय चेतनाको विकासमा सहयोग पुर्याउँदै आएको बताएका छन् ।
तालिममा सहभागी वडा नं. ६ वडा सञ्जालकी अध्यक्ष सकुन्तला चौधरीले टोल विकास संस्थाले सामाजिक सद्भावका क्षेत्रमा राम्रो काम गर्दै आएको भन्दै समुदायलाई एकताबद्ध बनाउनमा ठूलो सहयोग पुगेको बताएकी छन् । त्यसैगरी प्रस्तावित वडा नं. ११ वडा सञ्जालकि अध्यक्ष सिर्जना शर्मा पण्डितले टोल विकास संस्थाले समुदायको वास्तविकता बुझ्ने काम गरेको भन्दै एकले अर्कालाई चिन्ने आधार बनेको बताएकी छन् ।
त्यसैगरी मोहनलाल खनालले समुदायमा टोल विकास संस्थाले सरसफाइको क्षेत्रमा चेतना अभिवृद्धि गर्ने काम गरेको भन्दै टोल भित्रका सानातिना कामका लागि अरुलाई गुहार्नुपर्ने स्थितिको अन्त्य भएको बताए । नगरपालिका भित्रका प्रस्तावित सहित १४ वडाका २८ जनाको सहभागिता रहेको तालिमले नगर सञ्जालको कार्यविधि माथी छलफल सहित नगरपालिकालाई त्यसको कार्यान्वयन र आगामी रणनीति तय गर्ने बताइएको छ ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *