शेयेर गर्नुहोस
टीकापुर ०१ असार /
टीकापुरमा शनिबार सैना पत्रिकाको विमोचन गरिएको छ ।
देवकोटा साहित्य कला परिवारको वार्षिक मुख पत्रका रुपमा प्रकाशित सैना पत्रिकाको ८ औं अंकको ईलाका प्रशासन कार्यालय टीकापुरका प्रमुख कृष्ण थापाले विमोचन गरेका हुन । पत्रिकाको विमोचन गर्दै प्रमुख थापाले कला साहित्य प्रति नागरिकहरुको चाँसो नभएको अवस्थामा यसरी पत्रिका प्रकाशित गर्नु राम्रो काम भएको बताउँदै प्रकाशकलाई धन्यवाद दिएका छन् ।
पत्रीका विमोचन कार्यक्रममा टीकापुर नगरपालिकाका निवर्तमान नगरप्रमुख तपेन्द्रबहादुर रावलले सैना प्रकाशन हुन लागेको धेरै लामो समय नभएपनि यसले टीकापुरमा साहित्य र कलाका क्षेत्रमा योगदान पुर्याईरहेको बताउँदै निरन्तरताको शुभकामना व्यक्त गरेका छन् । उनले साहित्यमा युवाहरूलाई समेटिने गरेर कार्यक्रम आयोजना गर्न आवश्यक रहेको बताए ।
पत्रिका विमोचन कार्यक्रमका समिक्षक डाक्टर धनकृष्ण उपाध्यायले पत्रिकाले खस भाषाको संरक्षणमा जोड दिएको बताउँदै कतिपय शिर्षकहरुमा समेत त्रुटीहरु रहेका र यस्ता विषयलाई आगामी दिनमा प्रकाशकले सुधार्दै जान सुझाव दिएका छन् । देवकोटा साहित्य कला परिवारका अध्यक्ष वलबहादुर रावलको अध्यक्षतामा भएको पत्रिका विमोचन कार्यक्रममा शुभनाथ देवकोटा, कैलाश नर्गाजी, धनन्जय तिमिल्सिना, जगन्नाथ रिमालले शुभकामना मन्तव्य राखेका थिए ।
सचिव कान्तिप्रसाद ज्ञवालीले सञ्चालन गरेको कार्यक्रममा स्वागत उपाध्यक्ष कण्ठराज गिरीले गरेका थिए । देवकोटा साहित्य कला परिवारले प्रत्येक वर्ष सैना पत्रिका मुख पत्रका रुपमा प्रकाशित गर्दै आईरहेको छ । पत्रिका विमोचन कार्यक्रममा कैलास नर्गाजी, कण्ठराज गिरी र रमेश कडायतलाई सम्मान पनि गरिएको छ ।