स्थानीय तह कर्मचारी हकहित मंच गठन

शेयेर गर्नुहोस


समाधान समाचार,
भजनी ०६ असोज /
भजनी नगरपालिकामा कार्यरत कर्मचारीहरुले स्थानीय तह कर्मचारी हकहित मञ्चको तदर्थ समिति गठन गरेका छन् ।
नगरपालिकाका इन्जिनियर विष्णुराज जोशीको अध्यक्षतामा समिति गठन गरिएको नगरपालिकाका अधिकृत एवम् जिल्ला फोकल पर्सन झनकराज ओझाले जानकारी दिएका छन् । उनका अनुसार उपाध्यक्षमा रितु चुकाहा चौधरी, सचिव जनकप्रसाद भण्डारी, सह–सचिव रेखा चौधरी, कोषाध्यक्ष नृपराज भट्टराई रहेका छन् ।
त्यसैगरी सदस्यहरुमा जगदीश भण्डारी, घनश्याम चौधरी, बिमला ढुङ्गाना, टंकप्रसाद ओझा, देवराज अवस्थी रहेका छन् ।
अन्य सदस्यहरुमा झनकराज ओझा, विष्णुराज न्यौपाने, पुष्पा बुढाल, पुष्कर रावत, गोबिन्द उपाध्याय, रिगेश धामी, चिरञ्जिवी उपाध्याय, निरज सिंह, चन्द्रदेव भट्ट, अनिश श्रेष्ठ, पूर्ण राना, बासुदेव बिनाडी र रामबीर चौधरी रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *