बाढीपीडितका लागि सामुहिक मेसको व्यवस्थापन

शेयेर गर्नुहोस


समाधान समाचार
टीकापुर १६ साउन/
टीकापुर नगरपालिका वडा नं.१ ले बाढिपिडितलाई व्यवस्थापन गरेको छ।
वडाको सिबिर बस्तिहरुमा बाढिका कारण घरबार बिहिन भएका परिवारलाई बिद्यालयमा व्यवस्थापन गर्दै सामुहिक मेस मार्फत खानाको व्यवस्था गरिएको वडा नं.१ का वडा अध्यक्ष गंगाराम आचार्यले जानकारी दिएका छन। बाढिका कारण विस्थापित भएका १ सय ५० परिवारलाई टीकापुर नगरपालिकाले आठ ठाउँमा सामुहिक मेस चलाएर विस्थापितलाई खानाको व्यवस्था गरिएको आचार्यले बताए।
अहिले विस्थापित भएका परिवारलाई बिद्यालय र सामुदायिक भवनमा सुरक्षित तरिकाले राखिएको बताउदै नेकपाका वडा नं.१ का अध्यक्ष झपटबहादुर सोडारीले यस्तो बिपतिको बेला सबैको समन्वय हुन आवश्यक रहेको बताएका छन।

ताजा खबर

भजनी नगर सभापतिमा चौधरी चयन

बिचौलियाका कारण केराले मूल्य पाएन

Leave a Reply

Your email address will not be published. Required fields are marked *