लिटिल स्टेपको छैठौं वार्षिकोत्सब कार्यक्रम सम्पन्न

शेयेर गर्नुहोस


टीकापुर १६ माघ /
लिटिल स्टेप डे केयर एन्ड स्कुलको छैठौं वार्षिकोत्सब तथा अभिभावक दिवस शुक्रबार सम्पन्न भएको छ ।
स्कुलका अध्यक्ष दिपक निशानीको अध्यक्षतामा भएको स्कुलको छैठौं वार्षिकोत्सब तथा अभिभावक दिवस कार्यक्रममा टीकापुर नगरपालिका वडा नं. ४ का वडा अध्यक्ष लालबीर चौधरीले भाषणमा मात्रै गुणस्तरीय शिक्षा भनिरहेका बेला त्यसलाई संस्थागत गर्दै यथार्थतामा बदल्नको लागि सबैको एक्यवद्धता आवश्यक रहेको बताएका छन् । उनले बिधालय र विद्यार्थी माथि गरेको लगानिले वर्तमानमा नाफाघाटाको लेखाजोखा नगर्ने भए पनि भविष्यमा त्यसले घाटा कसैलाई नहुने उल्लेख गरे ।
वडा अध्यक्ष चौधरीले बालबालिकालाई अभिभावकले बढि रेखदेख गर्नुपर्ने बताउँदै बिधालयको भरमा मात्रै बालबालिकाको भविष्य नबन्ने बताएका छन् । अभिभावक, शिक्षक र बिद्यार्थीको समन्वय र सहकार्य निकै आवश्यक रहेको बताउँदै शिक्षालाई नगरपालिकाले विशेष प्राथमिकतामा राखेर काम गर्दै आएको बताए ।
कार्यक्रममा वडा नं. १ का वडा सदस्य नरेश विकले बालबालिकाको भविष्यको निर्धारण सानो उमेरमै हुने भएकोले उसलाई कस्तो बनाउने भन्ने कुराको निक्र्योल सानै उमेरमा तय हुने बताए । बालबालिकालाई पाठ्यक्रममा मात्रै सिमित नराखि अतिरिक्त क्रियाकलापका साथै खेल्दै सिक्ने वातावरण बिधालयले बनाउनुपर्नेमा उनले जोड दिए ।
अभिभावकको तर्फबाट बोल्दै अभिभावक विष्णु चौधरीले लिटिल स्टेपको खासगरी सानो उमेरका बालबालिकालाई अध्ययनसँंगै संस्कारको कुरामा जोड दिएको बताउँदै बिधालय र शिक्षकहरुको कार्यशैलीबाट अभिभावक सन्तुष्ट हुने ठाउँ रहेको बताएका छन् । उनले बालबालिकालाई दिइएको यातायात सेवाको झन खुलेर प्रशंसा गरेका छन् ।
वार्षिकोत्सब तथा अभिभावक दिवसको कार्यक्रममा बिद्यार्थीका विभिन्न सांस्कृतिक प्रस्तुतिहरु रहेका थिए । साथै आन्तरिक क्रियाकलापमा उत्कृष्ट बिद्यार्थीहरुलाई पुरस्कार वितरण गरिएको थियो भने नृत्य प्रतियोगिता समेत आयोजना गरिएको थियो । स्कुलले प्रोत्साहन स्वरुप दुईजना शिक्षक सहित तीनजनालाई पुरस्कार प्रदान गरिएको छ । कार्यक्रममा अभिभावकहरुले समेत सामुहिक नृत्य प्रस्तुत गरेका थिए ।
स्कुलका प्रीन्सिपल कविता विश्वकर्माले स्वागत गरेको कार्यक्रमको सञ्चालन चन्दा थापा र पत्रकार झलनाथ खनालले गरेका थिए ।

ताजा खबर

“आमा: अनन्त माया”

Leave a Reply

Your email address will not be published. Required fields are marked *