शेयेर गर्नुहोस
पदमराज जैशी, भजनी ०९ असार /
भजनी नगरपालिकाले आगामी आर्थिक वर्ष २०८३/०८४ का लागि ७० करोड भन्दा बढीको बजेट ल्याएको छ ।
नगरपालिकाको २० औं नगर सभाको दोस्रो बैठकमा नगर उपप्रमुख राजु तिरुवाले प्रस्तुत गरेको आगामी आर्थिक वर्षको बजेट अनुसार ७० करोड ५५ लाख २० हजार बजेट ल्याएको हो । जसमा नगरपालिकाको आन्तरिक स्रोतबाट चार करोड आम्दानी हुने अनुमान गरिएको भए पनि बजेटको प्रमुख स्रोत संघीय सरकार नै देखिएको छ । नगरपालिकाले चालू आर्थिक वर्षको अल्याबाट पाँच करोड बचत हुने अपेक्षा गरेको छ भने घरजग्गा रजिष्ट्रेशनबाट ७० लाख आम्दानी गर्ने लक्ष्य लिइएको छ ।
त्यसैगरी संघीय सरकारको वित्तीय समानिकरणबाट १४ करोड ३२ लाख, शसर्त अनुदान चालुतर्फ २३ करोड ९१ लाख, शसर्त पुँजीगततर्फ २८ लाख, समपुरक अनुदान दुई करोड १२ लाख, राजश्व बाँडफाँडबाट १२ करोड ९२ लाख ६६ हजार, विशेष अनुदान ४५ लाख बजेट प्राप्त हुने अनुमान नगरपालिकाले गरेको छ । जुन नगरपालिकाले आगामी आर्थिक वर्षका लागि ल्याएको बजेटको महत्त्वपूर्ण स्रोत हो ।
उता सुदुरपश्चिम प्रदेश सरकारबाट पनि नगरपालिकाले वित्तीय समानिकरणबाट एक करोड ३७ लाख ६७ हजार, शसर्त अनुदान चालुतर्फ ४० लाख, पुँजीगतर्फ दुई करोड ६९ लाख, समपुरक अनुदानबाट ६७ लाख ७८ हजार, राजश्व बाँडफाँडबाट ४३ लाख ४९ हजार र विशेष अनुदानबाट ७६ लाख ५० हजार प्राप्त हुने अनुमान गरिएको छ ।
सोही स्रोतको आधारमा नगरपालिकाले विनियोजन गरेको बजेट मध्ये चालुतर्फ २१ करोड ३२ लाख २२ हजार रुपैयाँ विनियोजन गरिएको छ । त्यसैगरी नगरमा पुँजीगत तर्फ ७ करोड तीन लाख ९२ हजार, वडातर्फ चार करोड ८५ लाख , अन्य समपुरक कोषतर्फ ४० लाख, संघीय सरकारको शसर्त अनुदान तर्फ २८ लाख, प्रदेश सरकारबाट दुई करोड ६९ लाख, संघीय सरकारको शसर्त अनुदान चालू तर्फ २३ करोड ९१ लाख, प्रदेश सरकारको ४० लाख, समपुरक अनुसारमा चार करोड २४ लाख, प्रदेशको एक करोड ३५ लाख ५६ हजार बजेट व्यय तर्फ विनियोजन गरिएको छ ।
त्यसैगरी संघीय सरकारको विषेश अनुदान ४५ लाख, प्रदेश सरकारको ७६ लाख ५० हजार, नगर गौरवको आयोजनाको लागि एक करोड, दिगो विकास लक्ष्य कार्यान्वयनका लागि २० लाख, भजनी ठेकीपुर सडक स्तरोन्नतिका लागि एक करोड १० लाख, थारु संग्रहालयको स्तरोन्नतिमा ३० लाख, कर्मचारी कल्याण कोषमा २५ लाख बजेट छुट्याइएको छ ।
नगरपालिकाले पुर्वाधार शाखालाई दुई करोड ४१ लाख ९६ हजार, आर्थिक विकास शाखालाई ३८ लाख ७१ हजार तीन सय ६० रुपैयाँ, सामाजिक विकास शाखामा एक करोड २५ लाख ८१ हजार ९ सय २० रुपैयाँ, वातावरण तथा विपद व्यवस्थापन शाखामा ३८ लाख ७१ हजार तीन सय ६० रुपैयाँ र संस्थागत विकासमा ३८ लाख ७१ हजार तीन सय ६० रुपैयाँ विनियोजन गरिएको छ ।
उता वडा तर्फ भने वडा नं. १ ले ४७ लाख ३४ हजार दुई रुपैयाँ पाएको छ । वडा नं. ४१ लाख २९ हजार दुई सय ५७ रुपैयाँ, वडा नं. ३ ले ५५ लाख ५९ हजार ८७ रुपैयाँ, वडा नं. ४ ले ७१ लाख ९३ हजार ६ सय ९६ रुपैयाँ, वडा नं. ५ ले ५२ लाख ३५ हजार ८ सय १४ रुपैयाँ प्राप्त गरेका छन् । त्यस्तै वडा नं. ६ ले ४५ लाख ९८ हजार ८ सय ५७ रुपैयाँ, वडा नं. ७ ले ४६ लाख २७ हजार ४८ रुपैयाँ, वडा नं. ८ ले ५३ लाख दुई हजार ७ सय ४४ रुपैयाँ र वडा नं. ९ ले ७१ लाख १८ हजार ८ सय ९६ रुपैयाँ बजेट पाएका छन्










