नगर प्रमुख तोक्न कार्यपालिका बैठक आह्वान

शेयेर गर्नुहोस


टीकापुर ०८ फागुन /
टीकापुर नगरपालिकाको कार्यवाहक नगर प्रमुख तोक्ने विषयमा कार्यपालिका बैठक आव्हान गरिएको छ ।
कार्यवाहक नगर प्रमुख तोक्ने विषयका लागि कार्यपालिकाको बहुमत सदस्यले प्रमुख प्रशासकीय अधिकृत सुमन धिताललाई पत्र पठाएका छन् । बहुमत सदस्यको हस्ताक्षर सहित प्रमुख प्रशासकीय अधिकृतलाई बैठक आह्वान लागि पत्राचार गरेपछि धितालले शनिबार बिहान ८ बजेका लागि बैठक बोलाएका छन् ।
कार्यपालिका बैठक आह्वान गर्ने बिषयमा नेपै काँग्रेसका पाँच जना, एमालेका एकजना कार्यपालिकाले पत्राचारको लागि हस्ताक्षर गरेका छन् । त्यसैगरी नेकपाका दिपक निशानी, मञ्जु विक र लबरी चौधरीले पनि कार्यपालिका बैठक आह्वानको पत्रमा हस्ताक्षर गरेका छन् । त्यसमा नेकपाका अन्य ८ जना कार्यपालिका सदस्य भने उक्त बैठक आव्हानका लागि सहमति जनाएका छैनन् ।

ताजा खबर

Leave a Reply

Your email address will not be published. Required fields are marked *