शेयेर गर्नुहोस
टीकापुर १२ मंसिर/
खड्ग स्मृति माद्यामिक बिधालय टीकापुरको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रम सम्पन्न भएको छ ।
शिक्षक अभिभावक संघका अध्यक्ष गोपाल बहादुर थापाको अध्यक्षतामा भएको बिधालयको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ कार्यक्रममा टीकापुर नगरपालिका शिक्षा शाखा प्रमुख नरेश अवस्थीले सामाजिक परिक्षणले बिधालयको वस्तुस्थितिलाई प्रष्ट पार्ने काम गरेको बताउँदै हरेक वर्ष बिधालयले सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था रहेको बताएका छन् । उनले शैक्षिक क्षेत्रमा टीकापुर नगरपालिका भित्र बिधालयले महत्त्वपूर्ण भुमिका निर्वाह गर्दै आएको बताउँदै सामाजिक परिक्षणले पनि बिधालयको कार्यसम्पादन उत्कृष्ट रहेको देखाएको बताएका छन् । हरेक वर्ष कार्तिक महिनाभित्र बिधालयले सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइ गर्नुपर्ने व्यवस्था भए पनि यसवर्ष कार्तिकमा दशै र तिहारको लामो बिदाका कारण केही बिधालयको सामाजिक परिक्षण तथा सार्वजनिक सुनुवाइमा ढिलाइ भएको अवस्थीले बताएका छन् ।
लकार्यक्रममा टीकापुर नगरपालिका वडा नं. १ का वडा अध्यक्ष मोहन विकले शैक्षिक क्षेत्रमा खड्ग स्मृति माद्यामिक बिधालय उत्कृष्ट कार्यसम्पादन गर्दै आएको बताएका छन् । सामुदायिक बिधालयमा बिद्यार्थीको संख्या बढाउनका लागि आवश्यक योजना सहितको कार्यक्रम सञ्चालन गर्न आवश्यक रहेको बताएका छन् । उनले बिधालयलाई शैक्षिक गतिविधि भन्दा बाहिरका गतिविधि गर्नबाट रोक्नुपर्ने बताएका छन् ।
बिधालयको आर्थिक वर्ष २०८२/०८३ मा दुई करोड ३० लाख १२ हजार एक सय ९ रुपैयाँ बराबरको आयव्यय सार्वजनिक गरिएको छ । जसअनुसार आयतर्फ अनुदानको एक करोड ६५ लाख ९० हजार चार सय ७१ रुपैयाँ र आन्तरिक स्रोतबाट ६४ लाख २१ हजार ६ सय ३८ रुपैयाँ रहेको छ । त्यसमध्ये गत आर्थिक वर्षमा बिधालयको बचत १६ लाख १५ हजार दुई सय ३४ रुपैयाँ छ भने बिधालयको जम्मा मौज्दात ९३ लाख ९१ हजार ९२ रुपैयाँ पुगेको छ । आर्थिक वर्ष २०८१/०८२ मा बिधालयको नगद मौज्दात ७७ लाख ७५ हजार ८ सय ५८ रुपैयाँ रहेको लेखापरीक्षणको प्रतिवेदनमा उल्लेख छ ।
लेखापरीक्षणको प्रतिवेदन अनुसार बिधालयले कार्यसम्पादन मुल्यांकनमा सुधार गरेको देखिएको छ । शैक्षिकसत्र २०८१ मा ७९ अंक पाएको बिधालयले शैक्षिकसत्र २०८२ मा भने ८२ अंक प्राप्त गरेको छ । शैक्षिकसत्र २०८२ मा दुई सय ३५ दिन बिधालय खुले पनि एक सय ९३ दिन बिधालयमा पढाइ भएको छ भने ४२ दिन परिक्षा, भर्ना, नतिजा प्रकाशन जस्ता गतिविधि भएको प्रतिवेदनमा उल्लेख छ । शैक्षिकसत्र २०८१ को भन्दा शैक्षिकसत्र २०८२ मा बिद्यार्थी संख्यामा भने केही कमि देखिएको छ । २०८१ मा एक हजार ८ सय ३६ जना बिद्यार्थी रहेको बिधालयमा शैक्षिकसत्र २०८२ मा एक हजार ७ सय ४८ जना बिद्यार्थी रहेको उल्लेख छ । जसअनुसार ८८ जना कम हो ।
बिधालयका प्रधानाध्यापक झनकराज ओझाले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक बलबहादुर रावलले गरेका थिए । कार्यक्रममा बिधालय व्यवस्थापन समितिका जेष्ठ सदस्य तर्कराज रेग्मी, सामाजिक परिक्षण प्राविधिक उपसमितिका संयोजक जगविर शाह लगायतले बोलेका थिए ।









