शेयेर गर्नुहोस
टीकापुर १७ भदौ /
रसुवा भोटेकोशी नदीमा आएको अप्रत्याशित बाढीबाट प्रभावित भएका नागरिकहरुलाई राहत स्वरुप टीकापुर स्थित ओम कृष्ण अस्पताल एन्ड रिसर्च सेन्टरले आर्थिक सहयोग गरेको छ ।
अस्पतालले प्रधानमन्त्री दैवीप्रकोप उद्धार राहत कोषमा दुई लाख ११ हजार एक सय ११ रुपैयाँ आर्थिक सहयोग गरेको हो । यो संकटको घडीमा प्रभावितलाई थोरै भए पनि सहयोग होस् भन्ने विश्वासका साथ सहयोग गरिएको अस्पतालका प्रबन्धक निर्देशक कृष्ण प्रसाद उपाध्याय बजगाईले जानकारी दिएका छन् ।
“यो विपदको समयमा पीडितको पक्षमा उभिनु हामी सबैको दायित्व हो ।” प्रबन्धक निर्देशक बजगाईले भने, “त्यहीँ दायित्व अस्पताल परिवारले पूरा गरेको छ ।” उनले यो कठिन परिस्थितिमा प्रभावित परिवारप्रती गहिरो सहानुभूति समेत व्यक्त गरेका छन् । बजगाईले बिपदमा परेका परिवारको साथमा अस्पताल परिवार सधै रहने बताउँदै राहत तथा उद्धार कार्यमा खटिएका सम्पुर्णमा हार्दिक कृतज्ञता समेत व्यक्त गरेका छन् । बाढीमा परेर ज्यान गुमाउनेप्रती हार्दिक श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेको शिघ्र स्वस्थ्यलाभको कामना समेत बजगाईले गरेका छन्











